ओखलढुंगा- ओखलढुंगाका राजकुमार मगरको पहिलो प्रस्तुती सुनकोशीको पुल बोलको गीत बजारमा आएको छ । सिद्धिचरण नगरपालिका ६ जन्तरखानी मैदानेका राजकुमारले जिल्लाभक्ति गीत बजारमा ल्याएका हुन् ।
राजकुमार मगरको शब्द,चर्चित लोक गायिका सिता माझीको लय र सुरज थापा (नेपाल आइडल टप ६) र गायिका सिता माझीको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा ओखलढुंगा जिल्लाका अधिकांश पर्यटकिय क्षेत्र र भूगोललाई समेटिएको छ ।


गीतको भिडियो समेत गीतले भनेझै ओखलढुंगाकै विभिन्न भुभागमा गरिएको सर्जक राजकुमार मगरले बताए । केही दिनमा भिडियो सार्वजनिक हुने उनको भनाई छ । सांगितीक क्षेत्रलाई निरन्तरता दिने योजना रहेको मगर बताउँछन् । ‘आफ्नो गाँउ ठाँउको कुरा गीत मार्फत बाहिर ल्याएर सांगितीक क्षेत्रमा प्रवेश गरेको छु । सबैको माया र साथ पाए यसलाई निरन्तरता दिने सोच छ ।’ भिजन समाचारसँग मगरले भने । गीत सुनेर आफुलाई लागेको प्रतिक्रिया दिन मगरले सबैलाई आग्रह गरेका छन् ।


राजकुमारका शब्द रचनालाई सिता माझी र सुरज थापाले निकै महत्वका साथ मेहनत गरेर स्वर दिएका छन् । शब्द, लय,संगीत र स्वरमा निकैनै मिठासता भेटिएकाले यो गीतले चर्चा पाउने संगीतप्रेमी मनोज मगर बताउँछन् । अडियाे सुन्न तल क्लिक गर्नुहाेस् । 

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen