- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- नवलपुर पलापु कोषहाट ककनी सडक निर्माणमा सरोकारवालाले चासो देखाएका छन् । कामको गति सुस्त भएको र सडक मापदण्ड अनुसारको नभएको गुनासो बढेपछि सरोकारवालाले चासो देखाएका हुन् ।
कोषहाट ककनी क्षेत्रका नागरिकको माग अनुसार सुनकोशी गाँउपालिका वडा नं ९ का अध्यक्ष झनक कुमार कार्कीले पटक ध्यानाकर्षण गराएपछि संघिय सांसद यज्ञराज सुनुवार देखि गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी सहितका सरोकारवालाले चासो देखाएका हुन् ।

वुधवार वडा कार्यालयले निर्माणाधिन कोषहाट ककनी सडक खण्डका स्थानीयसँग गाँउपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी, वडा अध्यक्ष झनककुमार कार्की, सडक डिभिजन हर्कपुरका इन्जिनियर उपेन्द्र दास, निर्माण व्यावसायीका प्रतिनिधि जित वहादुर श्रेष्ठ बिचमा अन्तरक्रिया गराएको छ । निर्माणधिन सडकको अनुगमन सँगै अन्र्तक्रिया गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।


अन्तरक्रियामा सहभागी स्थानीयले कामको गुणस्तर र गति बढाउन माग गरेका छन् । विगतमा कामले गति लिन नसकेको र प्राविधिक हिसाबले उपयुक्र्त काम नभएको तर्फ ध्यान दिन सचेत गराएका छन् । ग्रेड नमिलाई खनिएको बाटोका कारण झरेको पहिरोले गाँउनै जोखिममा परेको समेत स्थानीयले गुनासो गरेका थिए ।

स्थानीयको माग र आक्रोश पछि भेलामा गुणस्तरीय काम समयमै गर्ने लिखित सहमती भएको छ । ठेकेदारले समयमै काम गर्ने, सडक डिभिजन हर्कपुर वाट नियमित रुपमा प्राविधिक सहयोग गर्ने, र सोही मुख्य वाटो वाट गाँउ सम्म जाने शाखा बाटो निर्माणको लागी सडक डिभिजन हर्कपुर सँग आवश्यक पहल गरी तत्काल काम अगाडी बढाउने समेत सहमती भएको गाँउपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । विगतमा जस्तो कमजोरी नगर्न निर्माण व्यावसायीलाई गाउँपालिका अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् ।
१ नंं. प्रदेशको चर्चित तथा जिल्लाकै ऐतिहासिक धार्मिक स्थल चम्पादेवी ककनी सम्म जाने समेत यहि मार्ग भएकाले प्राविधिक हिसावले उपयुक्त र द्रुत गतिमा गुणस्तरिय सडक निर्माण हुनुपर्ने वडा अध्यक्ष झनक कुमार कार्कीको भनाई छ । ककनी क्षेत्रका नागरिकलाई सडक पहुँच पु¥याउन र यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको हिसावले महत्वपुर्ण रहेको भन्दै आन्तरिक विवादमा नपरि छोटो, छिटो मुख्य सडक निर्माण गर्नु पर्नेमा उनले जोड दिए । चुनावी बाचा अनुसार वडाका गाँउ टोल सम्म जाने सडकहरु वडाको पहलमा गाँउपालिका तथा प्रदेश र संघ सरकारसंग समन्वय गरेर निर्माणको काम भईरहेको वडाअध्यक्ष कार्कीको भनाई छ ।
सुनकोशी गाँउपालिकाकै विकट वस्तिको रुपमा परिचित ककनी मा तत्काल सहक पहुँच पु¥याई पुर्वाधार विकासमा सहज बनाएर ककनी चम्पादेवी क्षेत्रसमेतको पर्यटन प्रवद्र्धनमा यो सडकले महत्वपुर्ण भुमिका खेल्ने स्थानिय जानकारहरु बताउँछन् ।


सघिय सांसद यज्ञराज सुनुवारले उक्त मोटरवाटोको कार्तिक २६ गते स्थलगतरुमा अनुगमन गरेका थिए । सोहि दिन सुनकोसी ९ द्धारा आयोजित वृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा स्थानिय नागरिको तर्फवाट वडाअध्यक्ष झनक कुमार कार्कीले माग पत्र पेश गर्ने क्रममा यो सडक विगतमा राम्रो काम नभएको र सुस्त गतिमा काम भएकोले तत्काल वजेट व्यवस्थापन गरी कार्य अगाडी बढाउन माग गरेका थिए ।

संसदको विकास तथा प्रविधि समितिका सभापती कल्याणी खड्का समेतको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो । त्यस लगत्तै ठप्प रहेको उक्त योजना अगाडी बढाउन १० करोड ४५ लाखको अख्तियारी आईसकेको सांसद सुनुवारले बताए । जनअपेक्षा अनुसार प्रभावकारी काम गर्न सम्वन्धित निकायसँग पहल र समन्वय गरिरहेको भन्दै वडा र पालिका स्तरबाट कामको अनुगमन हुनुपर्ने सांसद सुनुवारको भनाई छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen