- भिजन समाचार

ओखलढुंगा–ओखलढुंगा सदरमुकाम बजार क्षेत्रमा पैदल यात्रुलाई बाटो छैन । बजार क्षेत्रमा आवत जावत गर्ने पैदलयात्रुहरु जोखिम मोलेर गन्तव्यमा पुग्न बाध्य छन् । बजार क्षेत्रमा साघुरो सडक छ, त्यसैमा साना गाडि तथा मोटरसाईकल चलाउदा पैदल यात्रुलाई समस्या भएको हो ।पैदल यात्रुलाई हिँड्नका लागि छुट्टै सडक पेटी छैन । सडक संगै जोडिएका घरका पेटीमा व्यापारीहरुले पसल थापेर सामान बेच्दा यात्रुलाई अझ बढी समस्या छ । पैदल यात्रु हिड्नका लागि बनाईएको सडक पेटी नभएकाले स्थानिय व्यापारीहरुले आफ्नो घरको पेटीमा पसलको सामान राखेको प्रतिक्रिया दिएका छन् ।
यसका साथै मोटरसाईकल चालकहरुले बजार क्षेत्रको सडक किनारमा पार्क गर्दा सवारी सञ्चालन र पैदल यात्रुलाई अझ बढी समस्या भएको छ । सबै भन्दा बढि विद्यालय लाग्ने र छुट्टि हुने समयमा बजार क्षेत्रमा आवतजावत गर्न समस्या भएको सिद्धिचरण नगरपालिका–११ का धनराम श्रेष्ठले बताए । आफुले पनि सदरमुकाको भैरवटोल बजार क्षेत्रमा हिड्दा असुरक्षित महशुस हुने गरेको श्रेष्ठको भनाई छ । बजार क्षेत्रमा साना गाडिहरु मात्र सञ्चालन हुने गरेको भएपनि दुई वटा सवारी राम्रो संग सट्टिने ठाउँ नभएकाले सवारी जाम संगै पैदलयात्रु पनि रोकिनु पर्ने बाध्यता रहेको श्रेष्ठले जनाएका छन् ।
ओखलढुंगा सदरमुका सिद्धिचरण नगरपालिका–१२ भैरव टोल, गणेश चौक, वडा नं. ११ रामबजार, हुलाक डाडा क्षेत्रमा सबै भन्दा बढी पैदल यात्रुलाई समस्या हुने गरेको छ । सवारी जामका कारण समयमै पुग्नु पर्ने ठाउँमा पुग्न ढिला हुने गरेको सिद्धिचरण नगरपालिका–९ ज्यमिरेकी लक्ष्मी बानियाले बताईन् । हिड्ने सडक पेटी छैन सवारीले ठक्कर दिने होकी भनि डराई डराई मोटरसाईकल, जिप, बोलेरो संगै जोखिम मोलेर हिड्नु परेको बानियाँको भनाई छ ।
बजार क्षेत्रमा सञ्चालनहुने एम्बुलेन्सलाई पनि समस्या छ । अन्य साना सवारी साधन र मोटरसाईकलका कारण एम्बुलेन्स सञ्चालनमा समस्या भएको एम्बुलेन्स चालकहरु बताउछन् । बजार क्षेत्रका बैंक कार्यालय अगाडि सेवा ग्राहिले मोटरसाईकल पार्क गर्दा समस्या भएको सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले बताए । सडक पेटीमा पसलको सामान राख्ने व्यापारीहरुलाई नराख्न समय समयमा अनुरोध गरिएको उनको भनाई छ ।विद्यालय लाग्ने र छुट्टि हुने समयमा बढि पैदलयात्रुको चाप हुने भएकाले यो समयमा बजार क्षेत्रमा सञ्चालनहुने सवारी साधनलाई एकतर्फी गर्ने तयारी रहेको मेयेर श्रेष्ठले जानकारी दिएका छन् । ‘नयाँ बजार देखी रमाईलो डाडा सम्म सडक निर्माणको काम सकिए पछि बजार क्षेत्रमा सञ्चालन हुने सवारीलाई एक तर्फी गर्ने निर्णय भएको छ ।’ उनले भने । अत्यवश्यक एम्बुलेन्स, दमकल र प्रहरीको सवारी समेत सदरमुकाम क्षेत्रमा चलाउन समस्या छ । साथै साघुरो सडकमा स्थानियले घरको निर्माण सामाग्री जताततै थुपार्दा पैदल यात्रुहरुलाई अझबढी सकस हुने गरेको पैदल यात्रुहरुले बताउने गरेका छन् । साघुरो र ठाडै ओरालो सडकमा पैदलयात्रुलाई जोगाउन मुस्किल हुने गरेको सवारी चालक सुवास खड्काले बताएका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen