- एसबी जेराे

ओखलढुंगा–संविधान सभा सदस्य पुर्व सांसद रामहरी खतिवडाले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेका छन् । अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने ओखलढुंगा सदरमुकाममा रहेको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीलाई खतिवडाले किताब बोक्ने विद्यालय झोला प्रदान गरेका हुन् ।बालमन्दिरमा अध्ययनरत ४५ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ । यहाँ अध्ययन गर्ने अधिकांश बालबालिका विपन्न परिवारका रहेको विद्यालयले जनाएको छ । त्यसैले उनिहरुको शैक्षिक विकासका लागि जन्मदिनको अवसरमा विद्यालय झोला उपलब्ध गराएको खतिवडाले बताएका छन् ।
‘सम्पन्न परिवारका छोराछोरीहरु निजी विद्यालयमा पढ्न जान्छन् ।’ उनले भने ‘यहाँ अधिकांश विपन्न परिवारका बालबालिका शिक्षा आर्जन गर्न आउछन्, उनिहरुको शैक्षिक विकासका लागि एकै प्रकारको झोला वितरण गरेको हुँ । यसले बालबालिकामा समानताको बोध गराउने छ ।’ यसका साथै पुर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता खतिवडाले विद्यालयलाई दुई थान ह्वाईट बोर्ड समेत उपलब्ध गराएका छन् ।
‘विद्यालयमा ह्वाईट बोर्डको अभाव थियो, अब शिक्षण गर्न सहज हुने भयो,’ विद्यालयकी प्रधानाध्यापक शोभा सैंजुले बताईन । विद्यार्थीका लागि झोला र विद्यालयलाई ह्वाईट बोर्ड सहयोग गरेका खतिवडालाई विद्यालयको तर्फबाट प्रधानाध्यापक सैंजुले धन्यवाद व्यक्त गरेकी छिन् ।
यसका साथै विद्यालयको भवन जिर्ण भएकाले नयाँ भवन र तारबारका लागि पहल गरिदिन प्रधानाध्यापक सैंजुले पुर्व सांसद तथा युवा नेता खतिवडालाई आग्रह गरेकी छिन् । खतिवडाका प्रतिनिधी कोपिला श्रेष्ठ मार्फत विद्यार्थी र विद्यालयलाई एक कार्यक्रमको आयोजना गरि सामाग्री हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen