- पूर्णप्रसाद न्यौपाने

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान अर्थमन्त्रीले देशको अर्थतन्त्र सुधार गर्न नसकेको बताएका छन् । राजधानीमा धनप्राप्ती बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद समेत रहेका नेता थापाले यस्तो बताएका हुन् ।

`देशको अर्थतन्त्र यति धराप भइसक्यो,समस्या यतिधेरै छन् तर सरकारको ध्यान त्यता छैन ´उनले भने,`मैले त भन्दै आएको छु अहिलेका अर्थमन्त्री अर्थमन्त्री बन्न सक्नुभएन उहाँ गभर्नर मात्रै जस्तो गरि काम गरिरहनुभएको छ ।´नियमन मात्रै गर्ने नीतिले समृद्धि हासिल नहुने उनको भनाइ थियो । सहकारी मार्फत सन्ततिको भविष्य उज्ज्वल बनाउन सकिने नेता थापाले बताए । सहकारी मेलमिलापबाट मात्रै सम्भव भएको उनको तर्क थियो । सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्दता जनाएका छन् ।

जनताले तिरेको कर जनप्रतिनिधिले मोजमस्तिमा खर्चिए : खतिवडा

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जनताले तिरेको करको सदुपयोग नभएको बताएका छन् । राजधानीमा धनप्राप्ती बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व सांसद समेत रहेका नेता खतिवडाले यस्तो बताएका हुन् ।
विभिन्न शिर्षकमा देशका तीनवटै तहका सरकारले जनताबाट चर्को कर असुले पनि त्यो देश विकासमा भन्दा सत्ता चलाउनेको खर्चमा सिमित भएको बताएका हुन् । `सरकारले जति भन्यो त्यति जनताले कर तिरेका छन् तर त्यो रकम देश विकासका लागि नभइ जनप्रतिनिधिलाई महंगो गाडी चड्न मात्रै त्यो खर्च भयो ´ उनले भने,`सहकारी क्षेत्रले व्यक्तिलाई मालिक बनाउँदै स्वरोजगार र आत्मनिर्भर बनाएको छ ।´ सहकारीका समस्या समाधानका लागि प्रयास गर्ने वचन दिएका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen