- एसबी जेराे

ओखलढुंगा–मानेभञ्ज्याङ्ग गाउँपालिकामा एक वर्ष भित्र विधुत बल्ले भएको छ । गाउँपालिकाको नौ वटै वडाहरुमा विधुत् लाईन विस्तार गरि एक वर्ष भित्र विधुत बल्ने भएको हो । शुक्रबार मानेभञ्ज्याङ्ग गाउँपालिकाको आयोजनामा भएको त्रिपक्षिय छलफलमा पालिकाको सम्पुर्ण वडाहरुमा विधुत पु¥याउने विषयमा छलफल भएको गाउँपालिकाका अध्यक्ष मोतिराज राईले बताए ।
कसरी सबै वडामा विधुतिकरण गर्न सकिन्छ भन्ने महत्वपुर्ण विषयमा छलफल भएकोले चाढै कार्यपालिकाको बैठकमा निर्णय गरेर विधुत विस्तारको काम थालिने उनको भनाई छ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र रुम्जाटारका प्रमुख, सोलु–मिर्चैया करिडोरका आयोजना प्रमुख तथा ग्रामिण विधुतिकरण आयोजनाका प्रमुख र गाउँपालिकाका जनप्रतिनिधीहरुको त्रिपक्षिय भेलाले गाउँपालिकाका सम्पुर्ण क्षेत्रमा विधुत सेवा पु¥याउने विषयमा छलफल भएको थियो ।
करिडोर प्रभावित क्षेत्रमा परेकाले करिब २० करोड बराबरको रकम मानेभञ्ज्याङ्ग गाउँपालिकामा विधुत विस्तारका लागि खर्च गरिने ग्रामिण विधुतिकरण आयोजनाका प्रमुख नारायण प्रसाईले बताएका छन् । मापदण्द अनुसार करिडोर आसपासको तिन किलोमिटर क्षेत्रमा विधुतिरणको काम गर्नु पर्ने भएपनि आवश्यकता र गाउँपालिकाले माग गरेको क्षेत्रमा विधुत पु¥याईने उनको भनाई छ । तर करिडोर क्षेत्रमा गाउँपालिका वा अन्य निकाय बाट विधुत पु¥याउनु पर्ने प्रसाईले बताए । नेपाल विधुत प्राधिकरण बाट एक करोड पाँच लाख मानेभञ्ज्याङ्ग गाउँपालिकाका लागि छुट्टिएको ओखलढुंगा वितरण केन्द्रका प्रमुख सन्जिव साहले बताए । चालु आर्थिक वर्षमा विधुतिकरणका लागि अन्य गाउँपालिकाहरुका लागि समते बजेट विनियोजन भएको साहको भनाई छ ।
यसका साथै गाउँपालिकाले पनि करिब एक करोड बढी रकम विधुतका लागि विनियोजन गरेको छ । करिडोर आसपासमा सोलुकरिडोर ग्रामिण विधुतिकरण आयोजनाले विधुत विस्तार गर्ने भएकाले गाउँपालिका र प्राधिकरणबाट विनियोजित बजेट वडा नं. ३, उवु र वडा नं.२, वाक्सामा विधुत विस्तारका लागि खर्च गर्न वाक्साका वडा अध्यक्ष उमेश कार्कीले माग गरेका छन् । करिडोरको तिन किलो मिटर क्षेत्रमा उवु र वाक्सा बाहेक अन्य वडाहरु समेटिने छन् ।
त्रिपंंक्षिय भेलाका प्रमुख अतिथी पुर्व सभासद रामहरी खतिवडाले सबैले सहमति गरेर गाउँपालिकाको सम्पुर्ण वडा वस्तिहरुमा विधुत पु¥याउन सुझाव दिएका छन् । यसका साथै जिल्लाको सम्पुर्ण गाउँपालिकाहरुमा विधुत विस्तारका लागि आफुले पहल गरिरहेको खतिवडाले बताए । एक वर्ष भित्र जिल्लाका अन्य गाउँपालिका र वडाहरुमा विजुली पुग्ने उनको भनाई छ ।
यसका साथै कार्यक्रममा उपस्थित सुनकोशी गाउँपालिकाका प्रमुख रुद्रप्रसाद अधिकारीले यो वर्ष भित्र गाउँपालिकाको सम्पुर्ण वडा कार्यालयमा विधुत विस्तार गरिने बताएका छन् । त्यसका लागि बजेटको व्यवस्था हुनुका साथै सुनकोशी गाउँपालिका–९ कोषभञ्ज्याङ्गमा सव स्टेशन निर्माणको काम सुरुभएको प्रमुख अधिकारीको भनाई छ ।
कार्यक्रममा जनप्रतिनिधीहरुले जनताको माग र आवश्यकता पुरा गर्नका लागि ईमान्दार भएर लाग्न नेपाली कांग्रेसका जिल्ला सभापती प्रदिप सुनुवारले आग्रह गरेका छन् । मानेभञ्ज्याङ्गमा भएको त्रिपंक्षिय भेलामा जिल्ला समन्वय प्रमुख जयबहादुर श्रेष्ठ, मानेभञ्ज्याङ्ग गाउँपालिकाकी उपप्रमुख सविता राई लगायत वडाअध्यक्षहरु, सोलु करिडोरका प्रोजेक्ट म्यानेजर जनार्जन प्रसाद गौतम र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen