- एसबी जेराे

सुरक्षित प्रशुतीका लागि ओखलढुंगा सामुदायिक अस्पतालले विगतमा कमाएको साख गुमाउदै छ । अस्पतालमा आएका सेवा ग्राहिले सेवा भन्दा बढि सास्ति भोग्न बाध्य छन् । यो हो उदाहरणः–

ओखलढुंगा–मानेभञ्ज्याङ्ग गाउँपालिका–२ वाक्साकी सरला राई पुसको पहिलो साता सुरक्षित प्रशुती सेवा लिनका लागि ओखलढुंगा सामुदायिक अस्पताल आईन् । वाक्सामा रहेको बर्थिङ्ग सेन्टरमा प्रशुती हुन नसकेपछि सामुदायिक अस्पताल सोब्रु आएकी हुन् । उनि संगै उनका श्रीमान् नयनबहादुर राई पनि साथै आएका थिए । साता दिन वितिसक्दा पनि प्राकृतिक रुपले बच्चा जन्मिएन । डाक्टरको सल्लाहमा ऋभकबचभबल क्गचनभचथ अर्थात शल्याक्रिया विधिबाट प्रशुती गराईयो । बच्चाको अवस्था सामान्य छ । शल्याक्रिया गरेको चार दिन पछि पुस १२ गते शनिबार सरला डिस्चार्ज भएर घर फर्किने तयारीमा थिईन् । घर फर्कने कुराले उनि हर्षित थिईन् । डाक्टरले पनि निको भइसक्यो  घर जादा हुन्छ डिस्चार्ज दिएका थिए ।
उनका श्रीमान् नयनबहादुर अस्पताल काउण्टरमा विल मिलाउन गएका थिए । त्यही समयमा घाम ताप्न बाहिर निस्किएका सरलाको शल्याक्रिया पछि सिलाईएको घाउँ अचानक फुट्यो । पीप संगै दुर्गन्धीत तरल पदार्थ बाहिर निस्कियो । पुरै अस्पताल परिसरमा दुर्गन्ध फैलियो । उनिहरु आत्तिए । तत्काल चिकित्सकले भित्र कोठामा लगेर सफा गरे ।
त्यसपछि थाहा भयो भित्रभित्रै घाउ पाकि सकेको रहेछ । शल्यक्रिया गरेपछी धेरै दुखेको छ पोलको छ पीडा भयो भन्दा यस्तै हुन्छ भनेर डाक्टरले प्रतिक्रिया दिने गरेको पीडित सरला राईले बताईन् । सहनै नसक्ने गरी पीडा हुदा डाक्टरलाई सुनाउदा उनिहरुले वास्ता नगरेको सरलाको भनाई छ ।
‘शल्याक्रिया गरेपछि डाक्टर एक पटक मात्र आयो ।’ उनले भनिन् ‘बहिनीहरु आउथे आफुलाई पीडा भएको सुनाउदा उल्टै मसंग रिसाएर झर्केर कराउथे ।’ सरलाको समस्याको बारेमा डाक्टरलाई सुनाउदा यस्तै हुन्छ भनेर गएको डाक्टर, फर्केर आएनन् उनका श्रीमान नयनबहादुर राईले बताए । चिकित्सकको लापरबाहिले यस्तो समस्या भएको उनको बुझाई छ ।
‘शल्यक्रिया गरेर प्रशुती गराएको दुई दिन पछि श्रीमतीको पेट अचानक फुलेको थियो ।’ उनले भने ‘डाक्टरले ग्याष्ट्रिक भएको भने । तर मलाई लाग्छ भित्र चोट लागेको हुन सक्छ ।’ चिकित्सकलाई समस्या सुनाउदा रिसार झर्किने गरेको नयनबहादुरको भनाईछ । अधिकांश ओजेटीमा रहेका सिकारुहरुले घाउको ड्रेसिङ्गका लागि आएको राईले बताए । ओखलढुंगा सामुदायिक अस्पतालमा प्रशुती सेवा राम्रो हुन्छ भन्ने सुनेका राई दम्पतीले व्यवहारमा ठिक उल्टो पाएका छन् ।तस्विर साभार

सोलुखुम्बु काकुका निरुसा राई ओखलढुंगा सामुदायिक अस्पतालमा आएको दुई महिना भयो । उनि पनि सुरक्षित प्रसुतीका लागि सोलुखुम्बु बाट ओखलढुंगा आएकी हुन् । उनको पनि शल्यक्रिया गरेको घाउ पाकेको छ ।
सुरुमा सोलुको फाप्लु अस्पतालले बच्चा जन्मिने मिति एकिन नगर्दा डेढ महिना अघि ओखलढुंगा सामुदायिक अस्पताल आएका राईको शल्यक्रिया गरेको १६ दिन भएको उनका श्रीमान हिरा राईले बताए । घाउ निको भएको छैन । शल्यक्रिया र टाका लगायन नमिलेकाले यस्तो समस्या भएको अस्पतालको ठुलो डाक्टरले बताएको कुरा हिरा राईले सुनाए । ‘राम्रो संग शल्यक्रिया नभएर घाउ पाकेको रे ।’ उनि भन्छन् ‘ठुलो डाक्टरले भनेको सिलाई पनि मिलेनरे ।’ ओखलढुंगा बस्दा राई दम्पतिको हजारौँ खर्च भईसकेको छ । ओखलढुंगा वाक्साकी सरला र सोलुखुम्बु काकुकी निरुसा राईको अहिले उपचार भईरहेको छ ।
अस्पताल प्रशासन र चिकित्सको लापरबाहीले सुत्केरी हुन आएका आमाहरुको ज्यान जोखिममा रहेको सेवा ग्राहिले बताएका छन् । यो घटनाले शल्यक्रिया गरिएका विरामी र उनिहरुका आफन्तहरु त्रसित भएका छन् । मेरो पनि श्रीमतीको शल्यक्रिया गरेको छ । के हुने हो ? चिन्तीत हुदै गोरखबहादुर खत्रिले बताए । यो अस्पतालमा धेरै लापरबाही छ उनले भने । यस्तै मानेभञ्ज्याङ्ग–७ टोक्सेल माझि गाउँका निरबहादुर माझि पनि चिन्तीत छन् । ‘मेरो पनि श्रीमतीको शल्यक्रिया गरेर बच्चा निकालिएको हो ।’ उनले भने ‘डाक्टरले राम्रो नगगर्दा रहेछन् ।’
यस घटनाको विषयमा अस्पतालका निर्देशक युवराज आचार्यले आफुलाई केहि जानकारी नभएको बताएका छन् । निर्देशक आचार्यले अहिले आफु जिल्ला बाहिर रहेकोले कार्यालय र सम्बन्धित कर्मचारीलाई सम्पर्क गरी घटनाका विषयमा सत्य तथ्य बुझ्ने जनाएका छन् । ‘अहिले म जिल्ला बाहिर छु यो विषयमा कार्यालय र कर्मचारीलाई नै सम्पर्क गरेर बुझ्नु पर्ने हुन्छ ।’ निर्देशक आचार्यले भने ।
यसका साथै ओखलढुंगा सामुदायि अस्पतालका चिकित्सहरुले विरामी र उनिहरुका आफन्तहरु संग राम्रो बोली व्यवहार नगरेको गुनासो बढिरहेको छ । यस अस्पतालमा सुरक्षित प्रशुती र प्रभावकारी स्वास्थ्य सेवा पाईन्छ भनि ओखलढुंगा र आसपासका जिल्लाहरुका विरामीहरु आउछन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen