- एसबी जेराे

ओखलढुंगा–ओखलढुंगाको दुई वटा विद्यालयको भवन १० वर्ष पछि निर्माण पुरा हुदै छन् । जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालय, रगनि र हिमालय माध्यमिक विद्यालय, निशंखे ठुलाछापको भवन बन्न १० वर्ष लागेको हो । यि दुई वटा विद्यालयको भवन भारतिय राजदुतावासको आर्थिक सहयोगमा बनेका हुन् ।
२०६६ सालमा दुईवटै विद्यालयको भवनको ठेक्का तत्कालिन जिल्ला विकास समिती ओखलढुंगाले लगाएको थियो । चण्डेश्वरी माध्यमिक विद्यालयको भवनको निर्माणको ठेक्का ढुकुचा–सि.एम जेभी जोरपाटी–२ काठमाण्डौ र हिमालय माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्का विरुवा–पुष्पाञ्जली जेभी, काठमाण्डौले पाएको थियो ।चण्डेश्वरी माविको भवन एक वर्ष भित्र बनाउने गरि ढुकुचा–सि.एम जेभीले २ करोड २५ लाख १३ हजार ४ सय १३ रुपैयाँ १९ पैसामा सम्झौता गरेको छ । सम्पन्न गर्नु पर्ने मितीमा ठेकेदारले काम नसकेपछि २०७१ असार ३० गते म्याद थप भएर काम ठप्प भएको थियो ।
यता विरुवा–पुष्पाञ्जली जेभिले निर्माणको जिम्मा लिएको हिमालय माध्यमिक विद्यालय निशंखे भवनको अवस्था पनि उस्तै छ । यो विद्यालयको भवन निर्माणको काम एक वर्षमा सक्ने गरी ठेकेदार कम्पनीले २०६६ फागुन ३ गते तत्कालिन जिल्ला विकास समितीमा सम्झौता गरेको थियो । १ करोड ४२ लाख ५३ हजार ७ सय ५५ रुपैयाँ ३४ पैसाको लागतमा भवन निर्माण गर्नेगरी निर्माण व्यवसायीले जिम्मा लिएको थियो ।
तोकिएको मितीमा भवनको काम नसकिए पछि २०७२ चैत्र ३० गते विरुवा–पुष्पाञ्जली जेभीले म्याद थप गराएको थियो । चण्डेश्वरी माविको भवनको ९० प्रतिशत भौतिक प्रगति भएको भन्दै निर्माण व्यवसायिले तिन वर्ष अघि पाचौ रनिङ्ग विल सम्म १ करोड ८० लाख ८५ हजार ५ सय ४० रुपैयाँ ७५ पैसा भ्याट सहित भुक्तानि लिई सकेको छ ।
यस्तै हिमालय मावि निशंखेको ८० प्रतिशत काम सम्पन्न भएको भनि विरुवा–पुष्पाञ्जली जेभीले करिब चार वर्ष अघि भ्याट सहित १ करोड ९९ हजार २ सय १० रुपौयाँ ५९ पैसा भुक्तानि पाईसकेको छ । निर्माण व्यवसायी ढुकुचा–सि.एम जेभी जोरपाटी–२ काठमाण्डौले ४४ लाख २७ हजार ८ सय ७२ रुपैयाँ ७५ पैसा र विरुवा–पुष्पाञ्जली जेभी, काठमाण्डौले ४१ लाख ५४ हजार ५ सय ४४ रुपैयाँ ८१ पैसा रकम मात्र भुक्तानि लिन बाँकी छ ।
लागत ईष्टिमेट भन्दा ढुकुचा–सि.एम जेभीले ९ लाख ३३ हजार २ सय २० रुपैयाँ ३३ पैसा र विरुवा–पुष्पाञ्जली जेभीले ८८ हजार ९० रुपौयाँ ७१ पैसा कममा विद्यालयको भवन निर्माणको ठेक्का पारेका थिए ।चण्डेश्वरी माध्यमिक विद्यालयको भवन निर्माणको जिम्मा लिएको ठेकेदार संग सम्पर्क नभएपनि हिमालय माविको ठेक्का पाएको विरुवा–पुष्पाञ्जली जेभीका प्रतिनिधी बवि श्रेष्ठले एक साता भित्र भवनको बाँकी काम सकिने बताएका छन् । सेफ्टी ट्याङ्कीको ढकन, कम्पाउण्मा माटो फिलिङ्ग र कम्पाउण्ड वालको टपमा पीसीसी गर्न मात्र बाँकी रहेकोले एक सातामा सक्ने श्रेष्ठको भनाई छ । ‘कामदारहरु जिल्ला बाहिरको भएकाले घर गएका छन् ।’ उनले भने ‘आए पछि काम सक्न लगाई हाल्छु ।’
दुवै निर्माण व्यसायका ठेकेदार संग सम्पर्क गरि विद्यालयको भवनको काम सक्न पहल गरिरहेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन् । प्रजिअ आचार्यका अनुसार दुवै विद्यालयको भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘लामो समय देखी भवन नबनेको दुई वटै विद्यालयमा पुगेर मईले अनुगमन गरेको छु ।’ उनले भने ‘भ¥याङ, कम्पाउण्ड, सेफ्टी ट्याङ्कीको लगायतको मात्र काम बाँकी छ ।’ धेरै काम सकिएकोले चाढै बाँकी रहेको काम सक्न ठेकेदारलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen