- एसबी जेराे

ओखलढुंगा–ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले दुधकोशी किनारका भू–भागलाई अति प्रभावित क्षेत्रमा राख्न माग गरेको छ । ओखलढुंगा र खोटाङ्गको सिमानामा पर्ने रबुवाघाटमा बन्न लागेको दुधकोशी जलाशययुक्त जलविधुत आयोजनाको तल्लो भेगमा पर्ने गाउँपालिकाको पाँच वटा वडामा प्रत्यक्ष असर पुग्ने भन्दै प्रभावित क्षेत्रमा राख्न माग गरेको हो ।
नेपाल विधुत प्राधिकरण केन्द्रीय कार्यालय, ईन्जिनियरिङ्ग सेवा निर्देशनालय र गृहमन्त्रालयलाई आयोजनाका कारण गाउँपालिकामा पर्ने छ वटा प्रभावको बुंदा उल्लेख गरि ध्यानाकर्षण पत्र पठाईएको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए । आयोजनाका कारण वातावरणीय पर्यावरणमा असर, मानव, पशुपन्छी लगायत घरपालुवा जनावरलाई असर पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको अध्यक्ष राईले जानकारी दिए ।
गाउँपालिकाको करिब ३० किलोमिटर क्षेत्रका दुधकोशी किनार आसपासका मानव बस्तीहरुमा प्रत्यक्ष असर पर्ने गाउँपालिकाले जनाएको छ । कुनै कारणले जलाशययुक्त ड्याम फुटेमा गाउँपालिकाको वडा नं. १ मोली, वडा नंं.२ वाक्सा, वडा नं. ३ उबु, वडा नं. ६ हिलेपानी र वडा नं. ५ को केही दुधकोशी किनारका बस्तीमा ठूलो जनधनको क्षेति हुने खतरा रहेको गाउँपालिकाले औल्याएको छ ।
यसका साथै गाउँपालिकाको आम्दानीको श्रोतका रुपमा रहेको गिट्टी, बालुवा, ढुंगा लगाएतको प्राकृतिक श्रोतको नाश हुने वडा नं. ६ हिलेपानिका वडा अध्यक्ष हेमराज राईले बताए । दुधकोशी किनारमा पर्ने गाउँपालिकाका वडाहरुलाई अति प्रभावित क्षेत्र घोषणा नगरिए आन्दोलन गर्ने स्थानीय युवा हुकुम राईले बताए ।
विस्तृत परियोजना अध्ययन प्रतिवेदन(डिपिआर) अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको १, २, ३, ६, र ८ वडाहरु अति प्रभावित सूचीमा छन् । आयोजनाका लागि निर्माण हुने ड्याम भन्दा तल्लो क्षेत्रमा पर्ने सिद्धिचरण नगरपालिको वडा नं. १ तलुवा र मानेभञ्ज्याङ्ग गाउँपालिकाको पाँच वडाहरु प्रभावित क्षेत्रमा समावेश भएका छैनन् ।
आयोजनाको डिपिआर अनुसार पूर्वाधार निर्माण हुने हो भने सात वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ। जसका लागि २ खर्ब २० अर्ब लागत अनुमान गरिएको छ । २ सय मिटर अग्लो र ६ सय ३० मिटर लामो ड्याम बाँधेर जलाशययुक्त आयोजना निर्माण गरिने जनाईएको छ ।
जलाशय क्षेत्र १७ किलोमिटर दुधकोशी नदीमा, ठोट्ने खोलामा ५.५ किलोमिटर, खोटाङ्गको रावा खोलामा ८ किलोमिटरसम्म फैलने छ। १ हजार २ सय ५ मिटर लामो २ वटा पक्कि डाईभर्सन सुरुङ्गबाट ६ सय मेगावाट विधुत उत्पादन हुनेछ भने ड्यामदेखि तलपट्टि रहेको भागबाट ३५ मेगावाट गरी कुल ६ सय ३५ मेगावाट विधुत उत्पादन हुनेछ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen