- एसबी जेराे

ओखलढुंगा–सुनकोशी गाउँपालिका–१ बलखुमा रहेको बलखु स्वास्थ्य चाैकी र बर्थिङ्ग सेन्टर करार कर्मचारीको भरमा सञ्चालन भईरहेको छ । विगत तिन महिना देखि एक जना करार कर्मचारीको भरमा बर्थिङ्ग सेन्टर सन्चालन भईरहेको हो ।
उक्त स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरबाट तिन जना कर्मचारी समायोजन भई अन्यत्र गए पछि करारकी कर्मचारी शशि ढकालको भरमा अहिले स्वास्थ्य चौकी सञ्चालन भईरहेको छ । खालि भएको स्थानमा नयाँ कर्मचारी आएका छैनन । असोज देखी स्वास्थ्य चौकीमा विरामी जाच्ने, औषधी दिने र प्रशुती गराउने काम एक्लैले धान्नुपरेको ढकालले बताईन् ।करिब तिन महिनाको अवधिमा स्वास्थ्य चौकी÷बर्थिङ्ग सेन्टरमा आठ जना प्रशुती हुन आएको उनको भनाई छ । आठ जना मध्य दुई जना सुत्केरी हुन आएका महिलालाई जटिल समस्या भएको उनले बताईन् ।
‘बच्चा जन्मेपछी एक जना महिला लाई अत्याधिक रक्तश्राव भयो ।’ उनले भनिन ‘त्यो समस्या समाधान गर्न म एक्लैलाई धरै गाह्रो भयो ।’ अर्को एउटीलाई प्रशुती गराउन नसक्दा सिन्धुलीको खुर्कोट पठाउनु परेको उनले सुनाईन् । एक दिन हात काटेको विरामीको घाउँ स्टिच गर्न आधा छोडेर, उता बर्थिङ्ग सेन्टरमा राखिएकी महिलालाई प्रशुती गराउन गएको घटना उनले बताईन् ।
हरेक महिना बलखु स्वास्थ्य चौकीबाट तिन ठाउँमा सञ्चालन हुदै आएको गाउँघर क्लिनिक तिन महिना देखी सञ्चालन भएको छैन । क्लिनिक सञ्चालन नहुदा परिवार नियोजनको सेवा लिई रहेकाहरु सेवा पाउनबाट बन्चित भएका छन् । स्वास्थ्य चौकीमा दैनिक १५–२० जना विरामीहरु उपचारका लागि आउने गरको कार्यालयको अभिलेखले देखाउछ । महिनाै देखी स्वास्थ्य चौकीमा कर्मचारी अभाव हुदा पनि वडाका निर्वाचित जनप्रतिनिधीहरुले केही पहल नगरेको स्थानियले आरोप लगाएका छन् ।
गाउँपालिकामा समायोजन भएका कर्मचारीहरु समयमै नआएका कारण समस्या भएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुको संख्या कम छ ।’ उनले भने ‘ति पनि समयमै पदस्थापन हुन नआउदा कर्मचारी अभाव भएको हो ।’ स्वास्थ्य मन्त्रालयको चरम लापरर्वाहीका कारण जनताले सास्ती भोग्नु परेको उनको भनाई छ ।
स्विकृत दरबन्दी अनुसारको करारमै भएपनि चाढै कर्मचारी नियुक्ती गरेर जनतालाई स्वास्थ्य सेवा दिने योजना रहेको अध्यक्ष अधिकारले बताए । गाउँपालिकामा रहेको पाँच वटा स्वास्थ्य चौकी र चार वटा बर्थिङ्ग सेन्टरमा कर्मचारीको अभाव रहेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य सात वटा स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा पनि स्वास्थ्यकर्मीको अभाव छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen