- एसबी जेराे

ओखलढुंगा- ओखलढुंगामा नातिनी बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् । नाताले नातिनि पर्ने एक १५ वर्षिया बालिका बलात्कार गर्ने मोलुङ गाउँपालिकाका एक ५८ वर्षिय वृद्ध पक्राउ परेका हुन् ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको मौकामा वृद्धले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती भएपछि रहस्य बाहिरिएको हो । बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसंगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो । बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रशुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताईन् । बालिका जिल्ला स्थित एक सुरक्षित आवास गृहको संरक्षणमा छिन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen