- पूर्णप्रसाद न्याैपाने

काठमाडौं- सोच नेपालको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक भएको छ । ओखलढुंगा सहित विभिन्न जिल्लामा सकृय मानवतावादी समाज सोच नेपालले गरेका काम र त्यसका उपलब्धि तथा चुनौतीबारे गरिएको सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिकिकरण गरिएको हो ।

राष्ट्रिय सभाका सांसद बद्री पाण्डेको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि सहितका सरोकारवाला सहभागी थिए ।

सामाजिक परिक्षण प्रतिवेदनमाथि छलफल गर्दै कार्यक्रमका वक्ताहरुले सोच नेपालले सरकारको साझेदारका रुपमा नमुनाकाे काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
अनेकौं चुनौतीका बाबजुद पनि कुरीति तथा अन्धविश्वासमुक्त, समावेशी समाज निर्माण गर्दै सुशासन प्रबर्द्धन सहितका उद्देश्य बमोजिम संस्थाले काम गरिरहेको सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले बताउनुभयो । ओखलढुंगा, काठमाडौं, महोत्तरी र गोरखा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएको सोच नेपालले विभिन्न ३४ जिल्लामा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen