- प्रविण मुनाल

ओखलढुंगा- प्रदेश सरकारले कार्यक्रम स्विकृत गर्न ढिलाइ गर्दा ओखलढुंगा सहित तीन जिल्लामा सिप विकास कार्यक्रम प्रभावित भएको छ । यस बर्ष ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा सञ्चालन गर्ने भनिएको ६ वटा विशेष तालिम प्रदेश सरकारबाट समयमा स्विकृत नहुँदा सञ्चालन गर्न समस्या भएको हो ।

कार्यक्रमहरु स्विकृतीमा ढिलाइ हुँदा तालिम सञ्चालन गर्न नसकिएको सिप विकास तालिम केन्द्र ओखलढुंगाका प्रमुख भविन्द्र खत्रीले बताए ।

केन्द्रले यस आर्थिक वर्षमा २ सय ६५ जना युवालाई समेटेर तालिम दिने लक्ष्य राखेको थियो । नियमित तालिम अन्तर्गत केन्द्रले यो वर्ष आधारभुत कम्प्युटर, कटाई सिलाई, केश श्रृंगार, इलेक्ट्रोनिक्स मर्मत, विद्युत जडान र सिकर्मी तालिम सञ्चालन गर्ने केन्द्रको योजना थियो । त्यस बाहेक वैदेशिक रोजगार एवं स्वरोजगार मुलक कार्यक्रम अन्तर्गत ६ सय जनालाई तालिम दिईने योजना सहितको कार्यक्रम प्रदेश सरकारमा पठाईएको थियो ।

केन्द्रले ओखलढुंगा, सोलुखम्बु र खोटाङलाई कार्यक्षेत्र बनाई सरकारी तथा गैर सरकारी संघ संस्था, स्थानिय तह र क्लवहरु ंसँग समन्वय गरेर तालिमहरु सञ्चालन गदै आएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen