- सरस्वती बानीया

ओखलढुंगा- ओखलढुंगाको तलुवाका महिलालाई मेसिनबाट दुना टपरी बनाउने तालिम दिईएको छ । सिद्धिचरण नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा महिलालाई सिप मुलक तालिम दिने लक्ष्य अनुसार मेसिनबाट टपरी गाँस्न सिकाएको हो ।

तालिममा सिद्धिचरण नगरपालिका १ तलुवा महिला बहुउद्देश्य सहकारी संस्थाका १८ जना सदस्य सहभागी थिए । स्थानीयले गाउँमा पाईने सालको पातको आधुनिक मेसिनबाट दुना टपरी बनाउन सिकेका छन् ।
महिलाहरुलाई पनि सामूहिक व्यवसायबाट आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सिद्धिचरण नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा अधिकृत सरिता तामाङले जानकारी दिईन् । तालिम पछि महिला सहकारीलाई दुईवटा दुना टपरी बनाउने मेसिन समेत हस्तान्तरण गरिएको छ ।

तालिमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गरुङले सामुहिक रुपमा उत्पादन भएका वस्तुहरुलाई उत्पादन विक्रि केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने बताईन् । आर्थिक रुपमा आयआर्जन गर्ने खालका सामुहिक उद्योग व्यवसायका कार्यक्रमहरुलाई सबै वडामा पु¥याउने उनको भनाई थियो ।
अहिले सम्म आफूहरुले हातले नै दुना टपरी बनाउदै आएको र यसरी मेसिनबाट दुना टपरी बनाउने सिप सिक्ने अवसर पाउँदा खुसी लागेको तालिममा सहभागी रामकुमारी बस्नेतले बताईन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen