ओखलढुंगा- ओखलढुंगाको खिजीकातीमा पहिलो पटक पुगेको यात्रुबहाक बसलाई फुलमालाले स्वागत गरिएको छ । भौतिक विकासका हिसाबले दुर्गममा पर्ने खिजीकातीका स्थानीयले कच्चि सडकमा यात्रुलाई सेवा दिन सुपर बस आएको भन्दै बस, चालक र सहचालकलाई फुलमालाले स्वागत गरेका हुन् ।

अरनिको यातायातले हरेकदिन खिजीदेम्बा गाउँपालिका ४ को सन्जाबारी देखि राजधानी सम्म यात्रु ओसारपसार गर्ने गरि शुक्रबारबाट सेवा सुरु गरेपछि स्थानीयले खुसीयाली मनाएका हुन् । वडा अध्यक्ष कमलप्रसाद न्यौपानेको पहलमा गाउँमा सार्वजनिक सवारी पुगेको खुसीयाली मनाउन गाउँपालिका उपाध्यक्ष शुशिला तामाङ, वडा नम्बर ५ का अध्यक्ष रामकुमार सुनुवार सहितका सरोकारवाला र स्थानीय भेला भएका थिए । स्थानीयले सेवा निरञ्तर सञ्चालन गर्न माग गरेका छन् ।


यसअघि भाडाका सवारी रिजर्भ गरेर यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता थियो । अन्यथा खिजीचण्डेश्वरीबाट पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । सामान ढुवानीका लागि ससाना सवारी रिजर्भ गरेर गाउँसम्म लैजाने गरिएको थियो । चुनावी वाचा अनुसार सडक स्तरोन्नती गरेर गाउँघरलाई सहर सम्म जोड्ने प्रयास गरिएको वडा अध्यक्ष कमल न्यौपानेले बताए । ‘ठुलो काम त यो होईन तर सजिलो पनि छैन । आज पहिलो पटक ठुलो सवारी गाउँमा ल्याईयो अब नियमित गर्ने प्रयास गर्छौ ।’ अध्यक्ष न्यौपानेले भने,‘ऋण गरेर खनिएका सडकले किसान दाजुभाईका खेतबारी सडकमा परिणत भएका छन् । सस्तो,सुरक्षित र सजिलो यात्रा गराउने हाम्रो बाचा पनि थियो । अब संधै र सबैका लागि कसरी सम्भव बनाउने भन्नेमा हाम्रो ध्यान जान्छ ।’ गाउँपालिका उपाध्यक्ष शुशिला तामाङले पनि निरञ्तरताका लागि आग्रह गरेकि छन् ।


तत्कालिन गाविस र स्थानीय अगुवाहरुको पहलमा खिजीकाती सम्म सडक पु¥याईएको थियो । उक्त सडकको थप विकास र स्तरोन्नतीका लागि सांसद यज्ञराज सुनुवारले १० लाख र अर्का सांसद अम्बिरबाबु गुरुङले १० लाख रकम सहयोग गरेका थिए । खिजीदेम्बा गाउँपालिका र वडाको बजेटबाट पनि चण्डेश्वरी काती प्रिति सडकको दिगोपनाको काम हुने गरेको बताईएको छ ।
जनप्रतिनिधि र स्थानीयको माग आएकाले अरनिको यातायातले खिजीकाती सम्म सेवा थप गरेको अरनिको सुपरएक्सप्रेसका चावहिल काउन्टर ईन्चार्ज वेदप्रसाद घिमिरेले बताए । खिजीदेम्बाका विभिन्न क्षेत्रमा अरनिको यातायातले नियमित सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen