- एसबी जेराे

ओखलढुंगा–विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री साथै सेनेटरी प्याड वितरण गरिएको छ । ओखलढुंगा नौडाडा संस्था ओखलढुंगाले जिल्लाका तिन र सोलुखुम्बुको एउटा विद्यालयका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
खिजीदेम्बा–९ पात्लेको शिवालय मावि छेर्मादिङ, सिद्धिचरण नगरपालिका–६ जन्तरखानिको सिंहदेवी अाधारभुत विद्यालय, थार्लिङ गुम्बा र सोलुदुधकुण्ड नगरपालिका–१० को ढिकुरे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई किताब बोक्ने झोला, टिसर्ट र शैक्षिक सामाग्री किताब कपि पेन्सिल लगायतका सामाग्री वितरण गरिएको ओखलढुंगा नौडाडा संस्थाका सस्थापक अध्यक्ष ङिमा शेर्पाले बताए ।पात्लेको शिवालय मावि छेर्मादिङका किशोरीहरु तथा स्थानिय महिलाहरु लाई सेनेटरी प्याड समेत वितरण गरिएको शेर्पाले जानकारी दिए । सिद्धिचरण नगरपालिका–६ जन्तरखानी दम्मारका पर्यटन व्यवसायी शेर्पा ईटालीमा बस्दै आएका छन् । उनकै पहलमा विभिन्न दाताहरुको सहयोगमा हरेक वर्ष यस क्षेत्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने गएिको संस्थाका सचिव लाक्पा जी शेर्पाले जानकारी दिए । करिब एक सय पाँच जना विद्यार्थीलाई शैक्षिक सामाग्री र एक सय भन्दा बढी स्थानिय महिला तथा विद्यालयका किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको शेर्पाको भनाई छ ।
महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या रहेको शिक्षिका फुली शेर्पाले बताईन् । गत बर्ष संस्थाले सेनेटरी प्याड वितरण गरेपछी किशोरीहरु विद्यालयमा नियमित आउन थालेको उनको भनाई छ । महिनावारी भएका बेलामा प्रयोग गर्ने प्याड समेत यहाँ भनेको समयमा किन्न नपाइने समस्या रहेकोले विद्यालयमै संस्थाले निशुल्क प्याड उपलब्ध गराकाले सहज भएको विद्यालयले जनाएको छ ।
क्यानाडामा उत्पादन गरिएको पुनः प्रयोग गर्न मिल्ने विशेष प्रकारको ‘सेनेटेरी प्याड’ वितरण गरिएको संस्थाले जनाएको छ । यो प्याड तीन बर्षसम्म पटक पटक प्रयोग गर्न मिल्ने र स्वास्थ्यमा कुनै असर नगर्ने क्यानाडाकी अभियान्ता जिलेन क्रोकरले जानकारी दिइन । उनले ग्रामिण क्षेत्रका महिलाहरुका लागि लक्षित गरि प्याड वितरण गर्दै आएकी छिन् ।काजा एलिसिया इटाली, डटस् लुप्स लगायतको सहयोगमा संस्थाले शैक्षिक सामाग्री र सेनेटरी प्याड वितरण गरेको थियो । वितरण कार्यक्रमममा ईटाली, क्यानाडा, अष्ट्रिया, फ्रन्स, होल्याण्डका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । पर्यटन व्यवसायि संस्थाका संस्थापक अध्यक्ष ङिमा शेर्पाको पहलमा उनकै स्वर्गिय बहिनिको सम्झनामा जन्तरखानी दमारमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen