- भिजन समाचार

प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा हराएको हो । आईतबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमै हराएको थियो ।अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको नेपालले आईतबार भएको पहिलो खेलमा अफगानिस्थान र सोमबार सम्पन्न दोश्रो दिनकाे खेलमा किर्गिस्तान माथि सहज जित निकालेको हो । नेपालले तेस्रो खेल अर्थात मंगलबार बंगलादेश सँग प्रतिस्पर्धा गर्ने महिला भलिबल टिमकी खेलाडी सुनिता खड्काले बंगलादेशबाट जानकारी दिईन् ।  प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्ने उद्देश्यले कडा मेहनतका साथ खेलिरहेको उनको भनाई छ । खड्का ओखलढुंगाबाट राष्ट्रिय महिला भलिबल टिममा सहभागि खेलाडि हुन् ।

नेपाली टोलीमा खड्का संगै अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सोफिया पुन, उषाकुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ छन् । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी छन् ।तस्विरहरु सौजन्यः सुनिता खड्का

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen