ओखलढुंगाका पत्रकारहरु स्रष्टापार्क निर्माणमा जुटेका छन् । साहित्यीक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको स्रष्टापार्क फोहोरले कुरुप बनेपछि जिल्लामा क्रियाशिल पत्रकारहरु सरसफाईमा जुटेका हुन् ।
कान्तिपुर दैनिकका कुम्भराज राई, अन्नपूर्ण पोष्टका शिब ढुंगाना, ओखलढुंगा न्यूजडटकमका बोध नारायण श्रेष्ठ, समृद्ध नेपाल साप्ताहिकका नब्राज कार्की र भिजनका पूर्णप्रसाद न्यौपाने सहितका पत्रकारले स्रष्टापार्क सरसफाई गरेका हुन् । फुर्सदको समय सदुपयोग गरेर फोहोरले कुरुप बनेको पार्क सफाईमा जुटेको पत्रकार राईले बताए ।

तस्बिर : रोशण न्यौपाने -भिजन

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen