- भिजन समाचार

हिमाली जिल्ला सोलुखुम्बुमा जंगली जनावर भालुले आतंक मच्चाएको छ । मकै फल्ने मौषममा भालुले मान्छेलाई समेत आक्रमण गर्न थालेको हो ।
शुक्रबार राती भालुको आक्रमणबाट सोलु दुधकुण्ड नगरपालिका–३, लोदिङका ३५ वर्षीया माया शेर्पा घाइते भएकी छन् । शुक्रबार राती ८ बजे मकैबारीमा शेर्पालाई भालुले आक्रमण गरेर घाईते बनाएको स्थानीय गोपाल मगरले जानकारी दिनुभयो । भालुले आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेको मगरले बताउनुभयो । भालुको आक्रमणबाट घाईते शेर्पालाई सोलुखुम्बु जिल्ला अस्पतालमा उपचारहुन नसकेपछि ओखलढुंगा सामुदायिक अस्पताल ल्याईएको छ ।
भालुले बारीमै आएर मकै खान थालेपछि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँदै आएका थिए । शेर्पालाई डेरामै आएको भालुले आक्रमण गरेको हो ।
केही दिन अघि महाकुलुङ गाउँपालिका–३, मा एक जना भालुको आक्रमणबाट घाइते भएका थिए । मकै पाक्ने सिजन सुरु भएसँगै सोलुखुम्बुमा बसेनी भालुले मानिसलाई आक्रमण गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले बताउनुभयो । प्रहरीको तथ्याङ्क अनुसार एक वर्षयता सोलुखुम्बुमा ११ जना भन्दा बढिलाई आक्रमण गरेको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen