- भिजन समाचार

नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय नेता शुक्रबारदेखि यूएईको दुबईमा छन् ।

नेपाली कांग्रेसको प्रवास संगठन अन्तर्गत नेपाली जनसम्पर्क समिति यूएईको महाधिवेशनमा सहभागी हुन नेताहरु दुबई पुगेका हुन् ।

महाधिवेशनको प्रमुख अतिथिको रुपमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य शेखर कोइराला यस्तै विषेश अतिथिको रुपमा युवा नेता पूर्वसभासद रामहरि खतिवडा, धादिङ जिल्ला सभापति रमेश धमला, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई‌, नेविसंघ नेता आनन्द त्रिपाठी र अतुल कोइरालालगायतका नेताहरुको उपस्थिति छ ।

यूएई आउनुभएका नेता जनसम्पर्क समितिद्वारा दुबईमा शुक्रबार आयोजित गोप्य भेलामा सहभागी हुनुभयो । शुक्रबार भएको गोप्य भेलाले कास्कीका भवानी तिमल्सिनालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । सम्पर्क समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र विक्रम सारु, उपसभापतिमा दीपक खड्का, भूमि चालिसे र अमर रानाभाट चयन हुनुभएको छ ।

यस्तै महामन्त्रीमा हरि खड्का, सह–महामन्त्रीमा विनोद तामाङ, शिव चालिसे र चित्रहाङ लिम्बू तथा कोषध्यक्षमा कृतिमान पुन हुनुहुन्छ । अन्य बाँकी १५ जना सदस्यीय समितिमा मनोनयन गरिएको छ ।

यस्तै अधिवेशनले कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिनका लागि महासमिति सदस्य छनोट गरेको छ । जसमा भवानी तिमल्सिना, चित्रबहादुर केसी, खेमराज बस्नेत हुनुहुन्छ भने महाधिवेशन प्रतिनिधिमा चन्द्रविक्रम सारु मगर, राजेन्द्र अधिकारी, मनोजकुमार श्रेष्ठ गोर्खाली र ज्ञानेन्द्रबहादुर खत्री हुनुहुन्छ ।

महाधिवेशन नजिकिएसँगै कांग्रेसले देश तथा विदेशमा रहेका विभिन्न तहका समिति गठनलाई तिब्रता दिदै आएको छ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी फागुन २२ भित्रमा गर्नुपर्ने निर्णय गरेकोले जनसम्पर्क समिति यूएईको चौँथो अधिवेशन गरिएको हो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen