- रविन श्रेष्ठ

ओखलढुंगा-  ओखलढुंगाका नेवारी समुदायको लाखे नाच खोटाङमा प्रदर्शन गरिएको छ । पारस्पारिक सहयोगी गुठी ओखलढुंगाले दित्तेल समाज सामाजिक गुठीको सहकार्यमा शनिवार खोेटाङमा लाखे नाच देखाएको हो ।

हाम्रो अभियान नेवारी संस्कृतीको पहिचान,नेवारी संस्कृतीको जगेर्ना गरौं भन्ने मुल ध्ययेले दुई छिमेकी जिल्लाको नेवारी समुदाय बिच भगीनी सम्बन्ध स्थापित गर्न खोटाङ पुगेर लाखे प्रदर्शन गरिएको पारस्पारिक सहयोगी गुठीका उपाध्यक्ष जनककुमार श्रेष्ठले जानकारी दिए । लाखेलाई खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल र सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।


दुई जिल्लाको संयुक्त लाखे हेर्नेको भिड लागेको थियो । ओखलढुंगा सदरमुकाममा जनहित गुुठीले पनि लाखे प्रदर्शन गरेको छ ।

तस्बिर साैजन्य : निश्चल राजभण्डारी

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen