- भिजन समाचार

ओखलढुंगा- तीन दिन देखि ओखलढुंगा र खोटाङमा सञ्चारसेवा ठप्प भएको छ । बुधबार राती देखि ओखलढुंगा र खोटाङमा नेपाल टेलिकमद्धारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।


हावाहुरीले उदयपुरको चित्रेमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता भाँचिएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख बच्चु खतिवडाले बताए । हावाहुरीका कारण सेवा सुचारु गराउन समस्या भईरहेको उनको भनाई छ । ‘राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाले भाँचेकोले समस्या आएको हो ।’ उनले भने ‘काम धेरैबेरको छैन तर त्यहाँ पुगे बसेको टोेलिले हावाका कारण टावरमा चढेर काम गर्न सकेको छैन भन्ने मलाई पनि जानकारी आएको छ ।’ शनिवार सम्ममा सेवा सुचारु भईसक्ने सम्भावना रहेको उनको भनाई छ ।
टेलिकमको सबै सेवा अवरुद्ध भएपछि दुई जिल्लाका सेवाग्राही अहिले सञ्चार विहीन बनेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायमा ठूलो असर पुगेको उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

एनसेल पनि उस्तै
ओखलढुंगामा एनसेलको सेवा पनि राम्रो छैन । टावर नदेखाउने र देखाएपनि राम्रो काम नगर्ने समस्या रहेको भिजन एफएमका व्यवस्थापक एसबी जेरोले बताए । ‘टेलिकमको सेवा नहुँदा एनसेलबाट डाटा चलाएर भएपनि काम गर्नखोजेको त्यो पनि चलेन ।’ उनले भने,‘एनसेलको पनि सेवाका नाममा व्यापार मात्रै देखियो ।’ सञ्चार अवरुद्ध हुँदा खबर आदान प्रदानमा समस्या भएको उनको भनाई छ ।
ओखलढुंगा र खोटाङमा नेपाल टेलिकमको सेवा गुणस्तरिय नहुँदा यस क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen