unn.prixa.net

प्रदेश नम्बर २ को प्रदेश सभाले बुधबार लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेसँगै प्रदेश २ लाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।

विधेयकमाथि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपाका सदस्य गोविन्द न्यौपानेले राखेकाे जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

कर्मचारी अभावका कारण सरकार प्रभावकारी रुपले काम गर्न नसकेकाे बताउँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने बताए ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen