- एसबी जेराे

ओखलढुंगा–चम्पादेबी गाउँपालिकामा बाघले आतङ्क मच्याएको छ । चम्पादेवी गाउँपालिकाको वाड नं. १ र २ पलापुमा बाघले आतङ्क मच्याएको हो । तिन दिनमा बाघले स्थायिनका २१ वटा बाख्रा मार्नुका साथै एक जना स्थानिय बाघको आक्रमणमा घाईते भएका छन् ।आज विहान गोठ जाने क्रममा बाघको आक्रमण परेर हिराबहादुर श्रेष्ठ घाईते भएको वडा अध्यक्ष कुलबहादुर श्रेष्ठले जनाकारी दिए । गोठमा काम गर्दै गर्दा श्रेष्ठलाई बाघले आक्रमण गरी घाईते बनाएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । उनको अनुसार र शरिरका अन्य भागमा चोट लागेको छ । अहिले सिन्धुलीको खुर्कोटमा उपचार भईरहेको हरि घिमिरेले जानकारी दिए ।
आजै विहान मसली मायाको नौ वटा खसि, बोका सहितको नौ वटा बाख्रा मारेको छ । यसका साथै पलापुकै झलक बहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा मारेको छ । बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । सबै बाख्रा बाघले खोरमै आएर आक्रमण गरी मारेको उनको भनाई छ ।बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुंगामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताएका छन् । बाघ आतङ्क नियन्त्रणका लागि जिल्ला बाट टोली मगाईएको अध्यक्ष केसीले बताए । रात दिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानियहरु त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen