- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा सैनिकले प्रयोग गर्ने क्यामोफ्लाइज कपडा किनबेच नहुने भएको छ । जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार उद्योग वाणिज्य संघले सैनिकसँग मिल्ने कपडा किनबेच नगर्ने निर्णय गरेको हो । नेपाली सेनाले प्रयोग गर्ने कपडा सैनिक व्यक्ति बाहेक अन्य गैर सैनिक व्यक्तिले प्रयोग गर्दै आएको र त्यसले सुरक्षामा चुनौती हुने भएकाले प्रशासनको आग्रह अनुसार त्यस्ता कपडा नबेच्न जिल्लाका व्यवसायीहरुलाई पत्राचार गरिएको उद्योग वाणिज्यसंघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए ।


जिल्लामा रहेका कपडा व्यवसायीहरुलाई त्यस्ता प्रकारका कपडा अन्य व्यक्तिलाई विक्रि वितरण नगर्न ओखलढुंगा उद्योग वाणिज्य संघ ओखलढुंगाले आग्रह गरेका छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen