काठमाण्डौ- काठमाण्डौको बौद्धमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ बौद्धको आयोजनमा आईतबार बौद्ध स्तुपा प्राङगणमा रक्तदान कार्यक्रम भएको हो ।

सामाजिक सेवाका काम गर्ने उद्देश्यले स्थापित क्लवको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेका थिए । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ बौद्धका अध्यक्ष छोङबा शेर्पाले बताए । ‘रगत अभावले विरामीहरु अस्पतालका बेडहरुमा छट्पटिएर बसेको देख्यौं । केही सहयोग होस् भनेर रक्तदान कार्यक्रम नै गरेर रगत संकलन गरेका हौं’ अध्यक्ष शेर्पाले भन्नुभयो,‘रगत दान गर्नु जीवन नै दान गर्नु सरह हो । हाम्रो अलिकती रगतले कसैको जिवन बच्न सक्छ भने हामीले त्यो सेवा किन नगर्ने ?’ आगामी दिनमा पनि मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शेर्पाको भनाई छ ।

रोटरी क्लव अफ बौद्धलाई समुदायको सारथी क्लवका रुपमा स्थापित गर्ने योजना रहेको प्रसिडेन्ट इलेक्ट डेन्डी शेर्पाले बताए । क्लवमा आवद्ध पादाधिकारीहरु लामो समय देखि समाजसेवामा क्रियाशिल रहेकाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायले अपनत्व लिनेगरि काम गरिने शेर्पाको भनाई छ ।


क्लवले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेको छ । क्लवका अध्यक्ष छोङबा शेर्पा, प्रसिडेन्ट इलेक्ट डेन्डी शेर्पा र सहायक गभर्नर भरत पाठकले रक्तदाताहरुको सेवाभावको प्रशंसा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।
रोटरी क्लव अफ बौद्धले स्थापना भएको छोटो समयमै विभिन्न रचनात्मक सामाजिक कामहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen