प्रश्नः कानुनी राज्य भनेको के हो ? कानुनी राज्यका लागि आवश्यक पर्ने तत्व उल्लेख गर्दै यसको महत्वबारे चर्चा गर्नुहोस् ।    १०

कानुनी राज्य : कानुनी सर्वोच्चता
राज्य सञ्चालनमा कानुनको सर्वोच्चता हुने व्यवस्था नै कानुनी राज्य हो । यसका अलावा सबैलाई कानुनको समान प्रयोग, राज्यका सम्पूर्ण कार्यहरू कानुनका आधारमा सञ्चालन हुनुलाई कानुनी राज्यका गुण मानिन्छ । बेलायती कानुनविद एभी डायसीले प्रतिपादन गरेको यो सिद्धान्त संसारका सबै लोकतान्त्रिक व्यवस्थामा कुनै न कुनै रूपमा प्रयोगमा ल्याइएको छ । यसका सिद्धान्तमा कानुनको सर्वोच्चता, कानुनका अगाडि समानता र संविधान सामान्य कानुनको उपजका रूपमा रहेका छन् । नेपालको संविधानले पनि कानुनी राज्यका मूल्य–मान्यतालाई अंगीकार गरेको छ ।

कानुनी राज्यका लागि आवश्यक तत्वहरू

  • स्थिर र बलियो सरकार,
  • कानुनको क्रियाशीलता र यसप्रति सबैको प्रतिबद्धता,
  • कार्यान्वयनयोग्य कानुनको परिबन्ध,
  • कानुन सार्वजनिक गरिएको हुनुपर्छ,
  • निष्पक्ष र तर्कपूर्ण कानुनी प्रबन्ध,
  • निष्पक्ष र तटस्थ कर्मचारीतन्त्र,
  • उचित र जायज कार्यलाई जोड दिने कानुन,
  • राज्यका अंगबीच सन्तुलन कायम गर्ने व्यवस्था,
  • स्थिर एवं परिवर्तनशील कानुन,
  • कानुनको उद्देश्य उचित र सबैलाई सम्बोधन गर्ने हुनुपर्छ,

कानुनी राज्यको महत्व

  • राज्यका सम्पूर्ण अंगबीच सन्तुलन मिलाउन,
  • राज्यका सम्पूर्ण गतिविधिलाई कानुनी आधारमा सञ्चालन गर्न,
  • सामाजिक न्याय कायम गर्न,
  • न्यायिक उपचारलाई सहज बनाउन,
  • निरंकुशता र स्वेच्छाचारिता अन्त्य गर्न,
  • सामाजिक समानता कायम गर्न,
  • नागरिक स्वतन्त्रता कायम गर्न,
  • समाजमा सदाचार र नैतिकता प्रवद्र्धन गर्न,
  • मानव अधिकारको प्रवद्र्धनमा सघाउ पु¥याउन,
  • स्वतन्त्र र सक्षम न्याय प्रणाली कायम गर्न,
  • कानुन उल्लंघनमा कारबाही गर्न,
  • मानव–अधिकारको रक्षा गर्न,
  • समाजमा शान्ति अमन, चयन र सुशासन कायम गर्न,

अन्त्यमा
कानुनी राज्यलाई लोकतन्त्रको आत्मा भनिन्छ । त्यसैले हरेक प्रजातान्त्रिक मुलुकले कानुनी राज्यको रक्षा, मानव–अधिकारको संवद्र्धन र नागरिक सर्वोच्चतामा जोड दिएको पाइन्छ । नेपालको वर्तमान संविधान र अन्य शासकीय कार्यप्रणालीमा समेत कानुनी राज्यलाई लिखित रूपमा अवलम्बन गरिएकाले यसलाई व्यावहारिक रूपमा समेत लागू गर्नु आजको आवश्यकता हो ।

प्रश्नः व्यापार घाटा न्यूनीकरणका उपाय लेख्नुहोस् ।        ५

आयात घटाऊ : निर्यात बढाऊ
एक देशबाट अर्को देशमा हुने वस्तु तथा सेवाको आयात निर्यातमा हुने खाडललाई व्यापार घाटा भनिन्छ । अर्थात् निर्यातको तुलनामा आयात बढी हुने अवस्थालाई व्यापार घाटा भनिन्छ । नेपालले पनि पछिल्लो समय झन्डै ११ खर्बको व्यापार घाटा व्यहोरेको छ ।

व्यापार घाटा न्यूनीकरणका उपायहरू

  • आन्तरिक उत्पादनलाई बढावा दिने,
  • कृषिको आधुनिकीकरण, विविधीकरण र यान्त्रिकीकरणमा जोड दिने,
  • पुँजी निर्माण हुने वस्तु आयातमा जोड,
  • आत्मनिर्भर अर्थतन्त्रको निर्माण,
  • सहकारीमार्फत स्थानीय उत्पादन, बजारीकरण र विविधीकरणमा जोड,
  • बिलासिताका वस्तु आयातमा नियन्त्रण गर्ने,
  • आयातलाई न्यूनीकरण गर्न निर्यातमा अनुदान दिने,
  • स्वदेशी वस्तु उत्पादन र उपभोग बढाउने,
  • निर्यात प्रवद्र्धन गर्न कर छुट तथा सहुलियत दिने,
  • मूल्य शृंखला अभिवृद्धि गर्ने वस्तुका कच्चा पदार्थमा लाग्ने कर घटाउने,
  • कम तौल र बढी मूल्यका वस्तु उत्पादन र निर्यात गर्ने,
  • व्यापारिक क्षमता र प्रतिस्पर्धा बढाउने,
  • मुलुकभित्रै उत्पादन गर्न सकिने वस्तु तथा सेवा आयातमा रोक लगाउने,
  • अर्थतन्त्र सबलीकरणको कार्ययोजना बनाई काम गर्ने,
  • तुलनात्मक लाभका वस्तु उत्पादन र बिक्री गर्ने,

अन्त्यमा
नेपालको कुल व्यापारमा आयातको अंश ९१ प्रतिशत र निर्यातको अंश ९ प्रतिशत हाराहारीमा पुगेको छ । अर्थतन्त्रलाई दुर्घटनामा पार्न सक्ने जोखिम रहेको व्यापार घाटाको न्यूनीकरण गरी सबल अर्थतन्त्रको निर्माण गर्न मुलुकमा आर्थिक क्रान्तिको खाँचो देखिन्छ । -नयाँपत्रिका

 

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen