- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । नेपाल सरकारको एक स्थानीय तह एक उद्योगग्राम स्थापना गर्ने लक्ष्य अनुरुप मोलुङ गाउँपालिकाको श्रीचौरमा उद्योग ग्राम सञ्चालन गरिने भएको हो ।
उद्योगग्राम स्थापनाका लागि गाउँपालिकाको वडा नम्बर ६ श्रीचौरका स्थानीयले ४० रोपनी जग्गा उपलब्ध गराएका छन् । स्थानीय अम्बर बहादुर कार्की, शिब कार्की र अमृत कार्कीले संयुक्त रुपमा उद्योगग्रामका लागि निःशुल्क जग्गा उपलब्ध गराएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत गोपाल नेपालले जानकारी दिए । जग्गा उपलब्ध भएसँगै उद्योगग्राम स्थापनाका लागि अन्य तयारी थालिएको अधिकृत नेपालको भनाई छ ।


नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय उद्योग विभागले स्थानीय सरकारको समन्वयमा उद्योग ग्राम घोषणा गरि कार्यान्वयन गर्ने जनाईएको छ ।


स्थानिय स्रोत साधन कच्चा पदार्थ प्रविधी र सिपको परिचालन गरि लघु घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरि यस्ता उद्योगको विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योगग्रामको अवधारणालाई अघि बढाईएको मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए । उद्योगग्राम स्थापना पछि स्थानिय अर्थतन्त्रमा योगदान पुग्ने उनको भनाई छ ।
जग्गा विवाद सेलायो
उद्योग ग्रामका लागि श्रीचौरमा जग्गा पास गरिएसँगै मोलुङको जग्गा विवाद सेलाएको छ । गाउँपालिकाको भवन नबाउने प्राप्चाका स्थानीयले दिएको जग्गामा गाउँपालिकाले उद्योग स्थापना गर्ने तयारी गरेपछि स्थानीयले विरोध जनाएका थिए । गाउँपालिकाले जग्गादातासँगकोे सर्त विपरित उद्योगग्रामका लागि जग्गा सिफारीस गरेपछि जग्गादाता रुष्ट बनेका थिए । गाउँपालिकाले त्यहि जग्गामा उद्योग स्थापना गर्ने निर्णय भएपनि मापदण्ड अनुसार नभएको भन्दै कार्यक्रम स्विकृत नभएपछि श्रीचौरमा मापदण्ड अनुसारको ४० रोपनी जग्गा व्यवस्था गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen