- भिजन समाचार

ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिकाले जग्गादातालाई झुक्याएको भन्दै स्थानीय रुष्ट बनेका छन् । गाउँपालिकाको केन्द्र राख्ने र भवन बनाउने सर्तमा खेतियोग्य जमिन निःशुल्क दिएका वडा नं. ३ का स्थानीयको जग्गामा भवन निर्माण नगरि उद्योग ग्राम बनाउने तयारी गरेपछि रुष्ट बनेका हुन् । १३ जना स्थानीयले १२ रोपनी ७ आना जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका थिए ।

‘आफुले दिएको जग्गामा भवन निर्माण हुनेमा ढुक्क थियौं’ जग्गादाता आत्मराम दाहालले भने, गाउँपालिकाले स्थानीयलाई धोका दियो ।’ स्थानीयले प्रेस विज्ञप्ती नै निकालेर आफुहरुले दिएको जग्गामा गाउँपालिका भवन नबनाए जग्गा फिर्ता गर्न माग गरेका छन् ।
आफ्ना माग पुरा नभए कडा आन्दोलन गर्ने जग्गादाताहरुले चेतावनी समेत दिएका छन् ।
गाउँपालिकाले वडा नं. ५ मा समेत गाउँपालिकाका नामममा जग्गा उपलब्ध गराउन परिपत्र गरेपछि गाउँपालिका केन्द्र कहाँ राख्ने भन्ने विवाद सिर्जना भएको थियो । दुई वडा बीच प्रशासकीय भवन कता बनाउने भन्ने विवाद शुरु भएपछि गाउँपालिकाले जग्गादातालाई थाहै नदिइ वडा नम्बर ३ को जग्गामा उद्योगग्राम बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन ०७६ बैशाख २६ गते माग गरेको थियो । गाउँपालिकाले जग्गादाताबाट भवन निर्माणका लागि दिइएको जग्गाको विवरण उल्लेख गर्दै उद्योगग्रामका लागि बजेट माग गरेको हो ।
गाउँपालिकाको यस्तो निर्णय थाहा पाएपछि जग्गदाता तथा ३ नंं. वडाबासीले आन्दोलन थालेका छन् । आम्दानी खाने खेतबारी काटेर भवन निर्माणका लागि जग्गा दिए पनि गाउँपालिकाले उद्योग ग्राम बनाउने तयारी गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

अध्यक्ष भन्छन् : जनताले कुरा बुझेनन्

जग्गादाताले कुरा नबुझि आवाज उठाए । उद्योगग्राम माग गर्दा उक्त जग्गा देखाइएको हो । मापदण्ड नपुगेको भनेर त्यो जग्गामा कार्यक्रम परेन । आन्दोलनको औचित्य छैन । गाउँपालिका अध्यक्ष म हुँ मलाई नसोधि आन्दोलन गरे । अहिले मैले सम्झाई सकेँ, कुरा बुझेका छन् । अब श्रीचौर तिर उद्योगग्राम राख्ने योजना छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen