- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओखलढुंगा इन्चार्जमा यज्ञराज सुनुवार चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ७७ वटै जिल्लामा इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।

प्रतिनिधि सभाका सांसद समेत रहेका सुनुवार यसअघि तत्कालिन एमालेका जिल्ला इन्चार्ज थिए । माओवादी र एमाले एकतापछि इन्चार्ज र सहइन्चार्जका लागि नेताहरुले दौड धुप गरेका थिए । नेकपाले ओखलढुंगामा पूर्वएमालेका नेतालाई इन्चार्जको जिम्मेवारी दिएपनि सहइन्चार्ज तोकेको छैन । पूर्व माओवादीको भागमा रहेको भनिएको उक्त पदमा नेता बाबुराम गौतम चयन गर्ने चर्चा चलेपनि आईतबारको नेकपा सचिवालय बैठकले कुनै निर्णय गरेको छैन ।

नेकपा खोटाङको इन्चार्जमा विशाल भटराई चयन भएका छन् । भने सहईन्चार्जमा दुर्गा जयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की चयन भएका छन् । त्यस्तै सोलुखुम्बु इन्चार्जको जिम्मेवारी नेकपाले शिबबहादुर बस्नेत र सहइन्चार्जको जिम्मेवारी हेमकुमार राईलाई दिएको छ ।
उदयपुरमा नेकपाको इन्चार्जमा बलदेब चौधरी र सहइन्चार्जमा मञ्जुकुमारी चौधरी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen