- भिजन समाचार

ओखलढुंगा- भिजन आइडलको उपाधि गंगामाया दुरालले जितेकी छन् । ओखलढुंगामा सञ्चालित एकल गायन (भिजन आइडल) को उपाधि चम्पादेवी गाउँपालिकाकी २३ वर्षिय दुरालले जितेकी हुन् । आइडलमा प्रतिस्पर्धी ४५ जनामा ४४ जनालाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
त्यस्तै चिशंखुगढीको माम्खाका रेजिमान राई फस्टरनरप (द्धितिय) र सिद्धिचरण नगरपालिकाका अविन राई सेकेण्ड रनरप (तृतीय) भएका छन् ।


स्थानीय स्तरका नवप्रतिभावान कलाकारहरुको क्षमताको विकास गर्ने उद्देश्यले आइडल सञ्चालन गरिएको आयोजक भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७३ साल देखि ओखलढुंगामा हरेकवर्ष भिजन आइडल सञ्चालन हुँदै आएको छ ।
यसवर्ष तेस्रो संस्करण सञ्चालन भएको थियो । तेस्रो संस्करणमा प्रथम, द्धितिय र तृतीयहुनेले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट १० ले मेडल र मायाको चिनो प्राप्त गरेका छन् ।
आइडलमा उत्कृष्ट हुनेहरुलाई प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार,सिद्धिचरण नगरपालिका मेयर मोहन श्रेष्ठ र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य लगायतले पुरस्कृत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनुवारले भिजनले छोटो समयमा प्रभावकारी काम गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए । भिजन आइडल सञ्चालन पश्चात दुर्गममा लुकेर रहेका कला र गलाको विकास भएको सांसद सुनुवारको भनाई थियो ।
विगत तीन वर्ष यता ओखलढुंगामा वर्षेनी भिजन आइडल सञ्चालन हुँदै आएको छ । भिजनले हरेकवर्ष साउन २ गते फाईनल गर्ने गरि भिजन आइडल र फाल्गुण २ गते फाइनल गर्ने गरि भिजन डान्सिङ स्टार सञ्चालन गर्दै आएको छ ।
२०७३ साउन २ गते स्थापना भएको भिजन नेपालले ओखलढुंगामा भिजन एफएम सञ्चालन र भिजन पत्रिका प्रकाशन गर्दै आएको छ ।

भिजनले तेस्राे वार्षिकाेत्सव भव्य समाराेहका बिच मनाएकाे छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen