- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाका एक वृद्ध बलात्कार आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेका ६५ बर्षिय अम्बर बहादुर मगरलाई १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए । बालिकालाई प्रलोभनमा पारेर ललाईफकाई असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ । प्रहरी चौकी निशंखेबाट खटिएको प्रहरी टोलिले मगरलाई गाउँबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेका मगरलाई अदालतवाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढंगाले जनाएको छ ।
पीडित बालिकाको रुम्जाटार अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । बालिकाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen