- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- पूर्वसांसद रामहरि खतिवडाले बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई नगद सहयोग गरेका छन् । खतिवडाले ओखलढुंगामा विपद्मा परेर ज्यान गुमाउनेका परिवारलाई १० हजारका दरले नगद सहयोग गरेका हुन् ।
पीडामा परेकाहरुलाई समवेदना स्वरुप सहयोग गरेको नेता खतिवडाले बताए ।

राज्यले बाढी पहिरो प्रभावित परिवारका लागि विशेष कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने उनको भनाई छ । ‘नहुनु थियो दुखद् घटना भयो । उहाँहरुको जनप्रतिनिधि हुनुका नाताले मैले शोकको घडिमा समवेदना स्वरुप राहत पठाएँ ।’ खतिवडाले भने,‘व्यक्तिले होईन राज्य लागेर सहयोग गर्नुपर्छ । मृतकका परिवारको आवश्यकताका आधार ठोस् कार्यक्रम ल्याउन म सरकारसँग माग गर्दछु ।’ स्थानीय सरकारले समेत आफ्नो क्षेत्रका बाढी पहिरो पीडितका लागि नतिजा मूलक काम गर्नुपर्ने पूर्वसांसद खतिवडाको भनाई छ ।
मृतकका परिवारलाई उपलब्ध गराउनेगरि जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वसांसद खतिवडाले एक मुस्ट ५० हजार रकम उपलब्ध गराएका छन् । सडक अवरुद्ध भएकाले आफैं जिल्ला आएर सहयोग हस्तान्तरण गर्न सक्ने अवस्था नरहेकाले समिति मार्फत रकम पठाएका हुन् ।
पूर्वसांसद खतिवडा मार्फत प्राप्त रकम विपद् व्यवस्थापन समितिका पदाधिकारीले पीडित परिवारलाई हस्तान्तरण गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
पूर्वसांसद खतिवडाले उपलब्ध गराएको रकम बाढी पहिरोमा ज्यान गुमाएका मोलुङ ७ पात्लेका खपुटी शेर्पा र याङ्जी शेर्पा, सिद्धिचरण नगरपालिका–६ जन्तरखानीकी कान्छीमाया श्रेष्ठ, चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीय पासाङपुटी शेर्पा र शुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईका परिवारले १० हजारका दरले पाउनेछन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen