- एसबी जेराे

ओखलढुंगा–अविरल वर्षाका कारण सुनकोशी गाउँपालिका–१ बलखु साँधीमा एउटा घर भत्किएको छ । बलखु साँधीका मिनकुमार राईको ढुंगा बाटोले बनेको तिन तले घर भत्किएको हो ।
पसल समेत रहेको घरको पछाडीको भाग भत्किएर क्षति भएको वडा अध्यक्ष दिपहरी राईले बताए । वडा अध्यक्ष राईका अनुसार मानविय क्षति भएको छैन । राईको करिब १५ लाख भन्दा बढीको नोक्सान भएको छ । मिनकुमार राईको परिवार विस्थापित भएका छन् । यसका साथै नजिकै रहेको आमा समुह सञ्जालको घर पहिरोले पुरिएको छ ।
माथि बाट आएको पहिरोले आमा समुहको घर पुरिएको वडा अध्यक्ष राईले जानकारी दिए । सुनकोशी गाउँपालिका–४ जेरुङ्गघाटका दर्जनाै घर परिवार विस्थापित भएका छन् । लगातारको वर्षाका कारण गाउँ माथि बाट आएको भलबाढीले उनिहरु विस्थापित भएका हुन् । उनिहरु गाउँमा रहेको विद्यालय निजिकै पाल टाँगेर बसेको जेरुङ्गघाँटका राजन राईले जानकारी दिए ।
स्थानिय पुस्कर माझि, देविका राई, धनकुमार राई, मावले माझी, राजिब राई, विरबहादुर राई, शेरबहादुर राई, सारिमाया राई, नैन कुमारी राईको बाढी पहिरोको जोखिमा परेका हुन् । पुस्कर माझि र देविका राईको घर माथिबाट भल संगै आएको खहरेले पुरिएको छ । साथै विरबहादुर राईको धान रोपाई भएको ४० र मकै भित्राउन बाँकी रहेको ४५ रोपनी खेत बगाएको स्थानिय राजन राईले जानकारी दिए । यस्तै मोलुंग गाउँपालिका–३ प्राप्चाका प्रेम प्रसाद फुयालको परिवार पनि पहिरोका कारण विस्थापित भएका छन् । घर माथि बाट पहिरो आए पछी फुयाल परिवार विस्थापित भएका हुन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen