- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- नेपालको परिवर्तनमा रगत बगाउने सहिदको सपना साकार पार्ने ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले बताएका छन् । सहिद छविलाल कार्कीको नवौँ स्मृति दिवसका अवसरमा ओखलढुंगाको निशंखेमा नेकपा वडा कमिटिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर फर्कनेक्रममा भिजन एफएमसँग कुरा गर्दै सांसद गुरुङले जिवितका चाहाना र सहिदका सपना साकार पार्ने बताएका हुन् ।

ओखलढुंगाको कम्यूनिष्ट आन्दोलनका एक महान योद्धा छविलाल कार्की सहितका महान् सहिदको त्याग र तपस्याबाट परिवर्तन सम्भव भएको उनको भनाई थियो ।
सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सक्नुपर्नेमा सांसद गुरुङले जोड दिए । ‘संविधानले सबैको अधिकार सुनिश्चित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेकाले अब त्यसको सफल र कुशल कार्यान्वयन गरी समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व हो ।’ सहिद कार्कीको सालिकमा माल्यार्पण गरेर फर्किएका सांसद गुरुङले भने,‘प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै बृहत्तर राजनीतिक सहमति र सार्थक प्रयासबाट आर्थिक विकासको एजेन्डातर्फ अगाडि बढ्नु अबको प्राथमिकता हुनुपर्दछ ।’ ओखलढुंगा जिल्लालाई विकासको नमुना जिल्ला बनाउने योजना रहेकाले यो अभियानमा जुट्न सांसद गुरुङले सबैलाई आवहन गरेका छन् । सर्वसाधारण नागरिकप्रति स्थानीय सरकार बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने उनको भनाई थियो ।


तत्कालिन एमालेका नेता कार्कीको सम्झनामा आयोजित सभालाई सांसद गुरुङ सहित सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठ, उपप्रमुख इच्छाकुमारी गुरुङ, चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा लगायतका जनप्रतिनिधि र नेकपाका जिल्ला तथा पालिका तहका नेता कार्यकर्ताको सहभागिता थियो ।
राजधानीमा पनि मंगलबार छविलाल स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएकोे थियो ।
विसं २०२५ वैशाख १ गते जन्मीएका तत्कालिन एमाले नेता कार्कीको विसं २०६७ सालमा आजकै दिन हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen