- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका प्रदेश सांसद अम्बिरबाबु गुरुङले विकासका लागि बजेट अभाव हुन नदिने बताएका छन् । सिद्धिचरण नगरपालिकाको चौथो नगरसभालाई सम्बोधन गर्दै सांसद गुरुङले बजेट नभएकै कारण विकासका आयोजना प्रभावित हुन नदिने बताएका हुन् ।


प्रदेश नम्बर १ का १४ जिल्ला मध्ये ओखलढुंगालाई विकासको नमुना जिल्ला बनाउन आफुहरु लागि परेको उनको भनाई थियो । स्थानीय सरकारले योजना तर्जुमा गरि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सहित आवधिक योजना बनाएर काम गर्नुपर्नेमा सांसद गुरुङले जोड दिए । ‘यो हाम्रो जिल्लालाई प्रदेशकै नमुना जिल्ला बनाउनुपर्छ भन्ने अभियान मैले थालेको छु । स्थानीय तहबाट तपाईहरु लाग्नुस् म कहाँ कहाँ लड्नुपर्छ लड्छु ।’ सांसद गुरुङले भने,‘तल्लो तहबाटै योजना माग भएर आएन, ल्याएको बजेट सदुपयोग भएन भने त म के गरुँ तर तपाईहरुले सिफारीस गरेका योजनामा बजेटको अभाव हुन दिन्न ।’ प्रदेश सरकारले पठाएको बजेट स्थानीय सरकारले सहि सदुपयोग गर्न नसकेको सांसद गुरुङको भनाई थियो ।


सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधिलाई नमुनाको काम गरेर दोस्रो पुस्ताले चर्चा गर्ने पात्र बन्न सुझाव दिए । सामान्य सवालमा अल्झिएर नबस्न उनले आग्रह समेत गरेका थिए ‘हाम्रो पुस्ताले त दुख पायो नै अब दोस्रो पुस्तालाई दुख हुने काम नगरौं ।’ उनले थपे,‘संधै जनप्रतिनिधि बन्ने पनि होईन जिम्मेवारीमा भएकाबेला एउटा सिस्टम बसाएर चर्चा योग्य काम गरौं ।’ स्थानीय सरकार र जनप्रतिनिधिको कार्यशैली नागरिकको चाहाना विपरित हुनुनहुने उनको तर्क थियो ।
असार मसान्तमा मात्रै विकासको खोलो बगाउने चलन अन्त्य गर्न स्थानीय सरकारलाई सांसद गुरुङले सुझाव दिएका छन् । उनले भ्रष्ट्राचारको गन्द आउने कामगरि हतारमा विकासका काम नगर्न सुझाव दिएका हुन् । ‘हिउँद्भरि घाम तापेर बस्ने अनि असार लागेपछि हतारमा विकास गर्दा त्यहाँ एउटा ग्याप रहन्छ त्यो ग्याप भित्र खुबै चलखेल हुन्छ भन्ने सूचना पाएको छु ।’ सांसद गुरुङले भने,‘विकास बजेटमा भ्रष्ट्राचार गर्ने जो कोहीलाई म छाड्दिन साथीहरु जनप्रतिनिधि कर्मचारी सबैले यो कुरामा चाँही हेक्का राख्नुस् ।’ सांसद गुरुङ आगामी आर्थिक वर्षका लागि ओखलढुंगामा प्रदेश सरकारले विनियोजन गरेको बजेटका बारेमा समेत जानकारी गराएका थिए ।
सिद्धिचरण नगरपालिकाको नगरसभालाई केही दिन अघि संघिय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले पनि सम्बोधन गरेका थिए । प्रदेश सभाका अर्थसमिति सभापति समेत रहेका अर्का सांसद मोहन खड्का नगरसभाको उद्घाटन सत्रमा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen