- एसबी जेराे

ओखलढुंगा–जिल्ला कारागार ओखलढुंगाका कैदीबन्दीका लागि मानव अधिकार प्रवद्र्धधन सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा हंसवाहिनी फिल्मस् प्रोडक्सन प्रा.ली ईटहरीको संयोजनमा कारागारमा मानव अधिकार प्रवर्द्धन सम्बन्धी सचेतननामूलक कार्यक्रमको आयोजना गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईको अध्यक्षता तथा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कारागार भित्र मनोरञ्जनात्म र चेतनामुलक कार्यक्रम गरिएको थियो । कैदीबन्दीलाई चेतना साथै मनोरञ्जन दिने उद्देश्यले मन्त्रालयको आर्थिक सहयोगमा हंसबाहिनी फिल्म प्रोडक्सन इटहरीको संयोजनमा कारागारका कैदिबन्दीहरुका लागि कार्यक्रम आयोजना गरिएको टोलिका सदस्य शिव भट्टराई (भोजपुरे)ले बताए ।कार्यक्रममा कलाकार गंगा गौतम र नगेन्द्र्र कटवालले लोकगीत गाएका थिए भने निशु बस्नेतले नृत्य प्रस्तु गरेकी थिइन् । फिल्म प्रोडक्सनका अध्यक्ष कृष्ण नेपाल र कल्पना पाण्डे आचार्यले केही चेतनामूलक प्रहसनहरू मार्फत कैदीबन्दीलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै, कैदीबन्दी सन्जीत थापाले कवीता तथा मनिका राई, मिङ्माल्हमु शेर्पा र अमर राईले गित गायका थिए । प्रोडक्सन टोलीका कलाकारहरुले गित गाउदा कार्यक्रमका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी भट्टराई, प्रमुख अतिथी नगर प्रमुख श्रेष्ठ लगायत अतिथीहरुसंग कारागार भित्र रहेका कैदिहरुले पनी नृत्य प्रस्तुत गरेका थिए । अन्य कैदीबन्दीले समेत आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।प्रमुख अतिथी मेयर श्रेष्ठले कारागारमा रहेर सुध्रिएर समाजमा फर्केर राम्रो काम गरेको ईतिहास रहेकोले यसलाई सुधार गृहका रुपमा लिन आग्रह गरेका छन् । उनले कारागारमा फिल्टरको आवश्यकता रहेकोले नगरपालिका मार्फत आवश्यक फिल्टर चाढै उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । कागारमा रहेका कैदिबन्दीहरुका लागि चेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजनाहुनुले मानव अधिकारको प्रत्याभुत भएकाले आफु सुधार भएर समाजमा जान सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले सुझाव दिएका छन् । यसैविच समय समयमा यस्तै कार्यक्रमको आयोजना गरिदिनका लागि कारागारमा कैदिहरुले आयोजकलाई अनुरोध गरेका छन् ।
कारागारका कैदीबन्दी जीवन बिताईरहेकाहरुको जीवनमा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले गरिएको कार्यक्रम प्रभावकारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नंं. १ का शाखा अधिकृत विजय कुमार मगरले बताएका छन् । खान, लाउन र बाँच्न पाउने अधिकार उनीहरूमा पनि रहेकाले उनीहरूलाई केन्द्रीत गरेर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको मगरको भनाई छ । कारागारहरुमा गरिएको कार्यक्रम मार्फत कैदिबन्दीहरुमा भावनात्मक सुधार ल्याउन प्रयास गरिएको हंसवाहिनी फिल्मस् प्रोडक्सन प्रा.ली ईटहरीका अध्यक्ष कृष्ण प्रसाद नेपालले बताए । कार्यक्रम प्रदेश १ भित्रका १४ वटै जिल्लामा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen