- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा लागूऔषध दुरुपयोेग विरुद्ध सप्ताहव्यापी अभियान सुरु भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर जिल्लामा लागूऔषध विरुद्ध सप्ताहव्यापी अभियान सुरु गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको संयोजनमा अभियानको शुभारम्भ भएको हो । अभियान सुरुवात गर्दै सदरमुकाममा प्रभातफेरी निकालिएको थियो । लागूपदार्थ दुव्र्यसनीको विरुद्धमा चेतना मूलक नाराहरु लेखिएको प्ले कार्ड सहित निकालिएको प्रभातफेरी नगर परिक्रमा गरि गणेश चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कोणसभालाई सम्बोधन गर्दै सरोकारवालाहरुले अपराध रहित जिल्ला बनाउन यो अभियानले टेवा पुग्ने बताए । मदिरा र लागूऔषधको दुरुपयोेगका कारण बढेको अपराध न्यूनिकरणका लागि पनि अभियान गाउँ गाउँमा पु¥याउन जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले सुझाव दिए । श्रेष्ठले जिल्लामा लागूपद्धार्थ दुव्र्यसनी तथा ओसारपसारका घटना धेरै बाहिर नआएपनि त्यसलाई शुन्यमा झार्नुपर्ने बताए । ‘यस्ता धेरै घटना सुनिएका छैनन् जिल्लामा तर समस्या विकराल बनेपछि समाधान गर्नुभन्दा पहिल्यै सचेत बन्नुपर्छ ।’ श्रेष्ठले भने,‘प्रहरी एक्लैले गर्नुपर्छ भन्ने छैन । स्थानीय सरकारले पनि हात्तेमालो गर्नुपर्छ ।’ दुव्र्यसन मुक्त समाज निर्माणको लागि सञ्चालन गरिएको यो अभियानमा साथ दिन सबैलाई अपिल गरे । युवाहरु दुव्र्यसनीमा बढि फस्ने भएकाले सबै अभिभावकले आ–आफ्ना बालबालिकाको व्यबहारका बारेमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, कोण सभालाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले दुव्र्यसनी मुक्त समाज निर्माणमा स्थानीय सरकार जुटेको बताए । दुव्र्यसनी समृद्धिको अभियानको बाधक भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने नगरप्रमुख श्रेष्ठको भनाई थियो । घरमा अभिभावक र विद्यालयमा शिक्षकबाट विद्यार्थीले सहि र गलत सिक्ने भएकाले दुव्र्यसनी रोक्न घर–घरबाट सतर्कता अपनाउनुपर्ने उनको भनाई थियो । बालबच्चालाई सिकाउनु अघि अभिभावक स्वयं लागूऔषधको दुव्र्यसनवाट मुक्त हुनुपर्ने नगरप्रमुख श्रेष्ठले जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले मदिरा तथा लागूऔषध कारोबार र सेवन गर्ने सबैलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिए । सार्वजनिक सूचना जारी गरेर सचेत गराईएकाले गैरकानुनी गतिविधि गर्ने कोही कसैलाई नछाड्ने प्रजिअ आचार्यको भनाई छ ।
होटल व्यवसायी संघ ओखलढुंका अध्यक्ष थगेन्द्रराज राईले लागूऔषध दुव्र्यसनीमा संलग्न व्यक्तिहरु होटलको सम्पर्कमा पहिला आउने बताए । दुव्र्यसनीमा फसेका अधिकांश मानिस अपराधमा संलग्न हुने भएकाले फरक व्यवहारको देखेमा वा शंका लागेमा प्रहरीलाई आफुहरुले खबर गर्ने गरेको बताए । त्यस्ता व्यक्तिहरुका कारण व्यवसायीहरुमा सुरक्षाको चुनौती समेत बढेको अध्यक्ष राईले सुनाए ।
उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले उद्योगी ओखलढुंगाका व्यवसायीहरुले लागूऔषध ओसारपसार नगरेको दावी गरे । जिल्लाका व्यापारीहरुले गैरकानुनी काम नगरेको उनको दावी थियो । व्यक्ति स्वयंले लागूऔषध जिल्ला भित्राएर सेवन गरेको पाईए कानुनी दाहेरामा ल्याउन सक्नुपर्ने उनको भनाई थियो ।
स्थानीय लाली गुराँस बोर्डिङ स्कुलका प्रिन्सपल सुर्य श्रेष्ठले विद्यालयसँगको साझेदारीमा सचेतनाका कार्यक्रम गर्न आग्रह गरे । विद्यार्थी मार्फत एकै पटक घरघरमा सन्देश प्रवाह हुने भएकाले विद्यालय मार्फत समुदायमा सन्देश प्रवाह गर्न सकिने उनको तर्क छ ।


जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले अभियान जिल्लाभर सञ्चालन गरिने बताए । जिल्लाका ८ वटै स्थानीय तहका टोल टोलमा प्रहरी पुगेर सचेतनाका कार्यक्रमहरु गर्ने उनले जानकारी दिए । दुव्यसनी न्यूनिकरण र अपराध नियन्त्रणमा नागरिकतहको महत्वपूर्ण भूमिका हुने प्रहरी प्रमुख मल्लको भनाई थियो ।
कार्यक्रमका वत्ताहरुले ओखलढुंगामा प्रहरी समुदाय साझेदारी कार्यक्रम प्रभावकारी रहेको बन्दै प्रहरीको प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen