ओखलढुंगा- रामेछापकी रेणुका श्रेष्ठको शव सुनकोशी नदि किनारमा भेटिएको छ । गत जेठ ३१ गते घरबाट हिँडेकी रेणुका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेल स्थित सुनकोशी नदि किनारमा मृत अवस्थामा भेटिएकी हुन् ।
रामेछाप जिल्ला रामेछाप नगरपालिका ७ कि रेणुका श्रेष्ठको शव फेला परेको ओखलढुंगाका प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए । जेठ ३१ गते घरबाट हिँडेकी रेणुका हराएपछि खोज्दै आएका आफन्तले नै उनको शव फेला पारेर प्रहरीलाई खबर गरेको थिए ।


रामेछाप नगरपालिका ७ बस्ने पुरन श्रेष्ठकी १३ वर्षिया छोरी रेणुका श्रेष्ठको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाईने ओखलढुंगा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen