- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  शहीद क्याप्टेन यज्ञबहादुर थापाको घर बनाउन पूर्व सांसद रामहरि खतिवडाले सहयोग गरेका छन् । प्रजातान्त्रिक आन्दोलनका योद्दा क्या यज्ञबहादुर थापाको जन्मस्थल ओखलढुंगाको चिशंखुगढी गाउँपालिका स्थित पोखरेमा घर बनाउन खतिवडाले नगद ४० हजार सहयोग गरेका हुन् ।


नेपाली कांग्रेसका युवा नेता खतिवडाले शुक्रबार शहीद थापाकी धर्मपत्नी पूर्णकुमारी थापालाई भेटेर सहयोग रकम हस्तान्तरण गरेकाे खतिवडाका स्वकिय सचिव हुकुम राइले जानकारी दिए ।

भूकम्पले भत्किएको घर जसोतसो बनाएको भएपनि छानो छाउने रकम नभएको पूर्णकुमारीले गुनासो गरेपछि सहयोग गरेको पूर्वसांसद खतिवडाले बताए । ‘शहीदको नाम बेचेर धेरैले आफ्नो दुनो सोझाए तर शहीद परिवारको वास्ता गरेनन् । मैले मेरो दायित्व ठानेर सकेको सहयोग गरेँ ।’ खतिवडाले भने,‘यज्ञबहादुरको शालिक बनाउन राज्य लागेको छ, सहित पत्नीको दुःख देखेर जस्ता किनेर घरको छानो छाउन मैले चालिस हजार सहयोग गरेँ ।’ ८५ वर्षिया पूर्णकुमारी थापा राजधानी स्थित छोरीको घरमा बस्दै आएकी छिन् ।
आफ्ना श्रीमान सहिद क्या. थापाको जन्ममभूमिका बस्ने रहर भएकाले गाउँमा घर बनाउन जुटेको पूर्णकुमारीले बताईन् । पूर्वसांसदको सहयोग पाएपछि शहीद पत्नि थापाले खुसी व्यक्त गरिन् ।


तत्कालिन शाहि नेपाली सेनाका क्याप्टेन रहनुु भएका प्रजातान्त्रिक योद्धा क्याप्टेन थापा २०१८÷१९ सालमा जागिर छाडेर प्रजातन्त्र प्राप्तीको आन्दोलनमा होमिएका थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा भएका आन्दोलनमा सहभागी थापाले भुतपूर्व सैनिक तथा प्रहरीहरुलाई संगठित गरी पञ्चायती विरोधी आन्दोलनमा लागेका थिए । चर्चित टिमुरबोटे काण्डको नेतृत्व गर्नुभएका थापालाई २०३५ साल माघ २७ गते सिरहाको केचना खोला तिरमा तत्कालीन पञ्चायती सरकारको गोली प्रहार गरि हत्या गरेको थियो ।

०७२ सालमा केपी ओली नेतृत्वको सरकारले थापालाई शहीद घोषणा गरेको थियो ।

शहीद क्या. थापाको जन्म स्थानमा चिशंखुगढी गाउँपालिकाले उहाँकोे पूर्णकद्को शालिक निर्माणको काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen