- रविन श्रेष्ठ

च्यानम- ओखलढुंगाको सुनकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रबुद्ध मावि च्यानमको खेल मैदानमा शुक्रबारबाट गाउँपालिका स्तरीय प्रथम अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको सांसद तथा प्रदेश नम्बर १ अर्थ समिति सभापति मोहनकुमार खड्काले उद्घाटन गर्नुभएको हो । सुनकोशी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनमा सुरु भएको खेलमा सुनकोशी गाउँपालिका भित्रका विभिन्न ९ वटा विद्यालयका खेलाडी विद्यार्थीहरुले सहभागीता जनाएको खेल संयोजक गोविन्द तामाङले जानकारी दिनुभयो ।

शाखा प्रमुख विवेक तामाङको अध्यक्षता तथा सांसद खड्काको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी सहितका सरोकारवालाहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ अर्थ समिति सभापति मोहनकुमार खड्काले प्रदेश सरकारको नीति तथा कार्यक्रमले युवा र खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाउने सरकारको नीति अनुरुप ओखलढुंगाका प्रत्येक स्थानीयह तहमा खेल मैदान निर्माणको काम भईरहेको जानकारी दिनुभयो । ओखलढुंगाको विकासका लागि तीनवटै तहका सरकारले महत्वकांक्षी योजना अघि सारेकाले त्यसमा हात्तेमालो गर्न सबैलाई आवहन गर्नुभयो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले स्थानीय तहले असल अभ्यास गरिरहेको बताउनुभयो । जिल्लाका सबै स्थानीय सरकार नागरिक प्रति जवाफदेहि र उत्तरदायी बनेर विकासका कामहरु गरिरहेको उहाँको भनाई थियो ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले खेल निष्पक्ष, सभ्य र भव्य बनाउन निर्देशन दिनुभयो । विद्यालय उमेर समुहका बालबालिकाको रुचि र आवश्यकतालाई मध्येजनर गर्दै खेलकुलका कार्यक्रमहरु सञ्चालन गरिएको अध्यक्ष अधिकारीको भनाई थियो । उहाँले सबै उमेर समुहका नागरिकले गाउँघरमा स्थानीय सरकारको सेवा महसुस गर्नेगरि काम गरिरहेको दावी गर्नुभयो । अध्यक्ष अधिकारीले स्थानीय तहले सिफारीस गरेका योजनालाई प्राथमिकता दिन पनि सांसद खड्कासँग आग्रह गर्नुभयो । प्राप्त बजेट सदुपयोग गरेर विकासे आयोजना अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

यता सदरमुकाममा हिँजोबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । सिद्धिचरण नगर स्तरीय प्रतियोगितामा १४ विद्यालय विद्यार्थी सहभागी छन् ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen