- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा विहिबार दिउँसो सवारी दुर्घटनामा घाईते भएकाहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । ओखलढुंगा–रुम्जाटार सडक अन्तरगत बरभञ्ज्याङ नजिक भएको टेम्पो (अटो) दुर्घटनाका ४ जना घाईतेलाई प्रदेश सांसद अम्बिरबाबु गुरुङको पहलमा आर्मीको हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको हो ।


रुम्जाटारबाट सदरमुकाम तर्फ आउँदै गरेको को २ ह ४९०० नम्बरको टेम्पो सडकबाट करिब ५० मिटर तल झरेर ढुंग्रे जाने सडकमा पुगेर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सहित ५ जना घाईते भएका थिए । उनिहरु मध्ये गम्भीर घाईते ४ जना सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेका खड्ग बहादुर श्रेष्ठ, सुनकोसी गाउँपालिका वडा नं. ५ का भरत राई, खिजिदेम्बा गाउँपालिका ५ का फुरी शेर्पा र अटोका चालक सिद्धिचरण नगरपालिका वडा नं. ४ का वर्ष ३४ का सानोबाबु दाहाललाई थप उपचारका लागि राजधानी पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार सुनकोशी गाउँपालिका वडा नं. ३ का युवराज कट्वालको भने ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । अन्य घाईतेलाई यहाँ उपचार सम्भव नभएपछि रानधानी रेफर गरिएको अस्पतालले जनाएको छ ।
घाईतेहरुको राजधानी स्थित टिचिङ हस्पिटलमा उपचारका लागि व्यवस्थापन गरिएको सांसद गुरुङले बताए । खेलमा प्रमुख अतिथि बनेर आउनुभएका सांसद गुरुङ दुर्घटनाको खबर पाउनासाथ विरामीको अवस्था बुझ्न अस्पताल पुगेका थिए । उपचारमा संलग्न चिकित्सकले यहाँ उपचार सम्भव नरहेको बताएपछि सांसद गुरुङले हेलिकप्टर बोलाएर घाईते र उनिहरुका आफन्तलाई काठमाण्डौ पठाएका हुन् ।


सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आउँदै गरेका रुम्जाटार माविका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । चाकल दाहाल बाहेकका अन्य सबै घाईतेहरु रुम्जाटार माविका विद्यार्थीहरु हुन् । विद्यार्थीहरु घाईते भएपछि रुम्जाटार मावि खेलमा सहभागी नभई फर्किएको छ ।
भर्खरै पिच गर्न लागेको सडकको ट्रनिङमा अटोको तिब्र गतिलाई चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
ओखलढुंगाको भिरालो कच्चि सडकमा जोखिम मोलेर ३ पाङ्ग्रे अटो (टेम्पो) चलिरहेका छन् ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen