- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  पन्ध्र करोडको लागतमा ओखलढुंगाको खिजीफलाटेमा एकिकृत सरकारी भवन बन्ने भएको छ । खिजीदेम्बा गाउँपालिकाको केन्द्रमा छरिएर रहेका सरकारी कार्यालयहरु व्यवस्थापनका लागि एकिकृत भवन बनाईने भएको हो ।
ईलाका प्रशासन, ईलाका हुलाक, वन डिभिजन, नापी र मालपोत कार्यालयका लागि एकिकृत भवन बनाइने सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका प्रमुख रुद्रनारायण मिश्रले जानकारी दिए । उनका अनुसार ठेक्का प्रक्रियामा गएर चालु आर्थिक वर्षबाटै भवन निर्माणको काम थालिने छ ।

प्रदेश सांसद अम्बिरबाबु गुरुङको पहलमा उक्त योजनाको काम अघि बढेको प्रमुख मिश्रले बताए । ‘सांसद ज्यूको पहलमा डिपिआर बनाएर बजेट समेत स्विकृत भईसकेको छ । अब निर्माणको काम अघि बढ्छ ।’मिश्रले भने,‘सांसद आफैं सकृय भएर लाग्नुभएकाले हामीलाई डिपिआर बनाएर योजना स्विकृत गराउन निकै सजिलो भयो ।’ खिजीफलाटेमा एकिकृत सरकारी भवन बनाउन प्रदेश सरकारले १४ करोड ९५ लाख रकमको डिपिआर स्विकृत गरिसकेको छ । पाँच वटै कार्यालयको भवन, दुई वटा आवास गृह र सवारी पार्कीङ तथा गार्डेन समेत निर्माण गर्ने गरि डिपिआर स्विकृत गराईएको छ ।

खिजीफलाटेमा ईलाका प्रशासन, हुलाक, वन डिभिजन, नापी र मालपोत कार्यालयको सेवा अहिले व्यक्तिको घरका भाडाका कोठाबाट प्रवाह भईरहेको छ ।
प्रदेश सांसद गुरुङले निर्वाचनका समयमा सरकारी सेवालाई प्रभावकारी बनाउन एकिकृत भवन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएको करिब १७ महिनापछि सांसद गुरुङले डिपिआर बनाएर बजेट स्विकृत गराएका छन् । भवन निर्माणका लागि बढीमा ३ वर्ष लाग्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen