- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगामा नेपाली कांग्रेसको जागरण अभियान जारी छ । संघिय तथा प्रादेशीक निर्वाचनमा कमजोर मत परिणाम आएपछि कांग्रेसले जागरण अभियान चलाएको हो ।

कांग्रेसले केन्द्रिय समितिको निर्णय अनुसार कार्यकर्ता भेटघाट, प्रशिक्षण, अन्तरक्रिया सहितका कार्यक्रम गरिरहेको छ । ओखलढुंगामा जागरण अभियानको नेतृत्व गर्न कांग्रेसले पूर्वमन्त्री यज्ञबहादुर थापालाई खटाएको छ । केन्द्रिय प्रतिनिधि थापा र जिल्ला स्थित नेताहरुले जिल्लाका विभिन्न गाउँहरुमा पुगेर कार्यक्रमहरु गरिरहेका छन् ।

कांग्रेस नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाले जागरण अभियानले कांग्रेसलाई बलियो बनाउने बताएका छन् । जागरण अभियान विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कानुन मन्त्री थापाले यस्तो बताएका हुन् । गत निर्वाचनमा पार्टीले पराजय भोगेपन आगामी दिनमा कांग्रेसलाई बलियो बनाउने अभियानमा आफुहरु रहेको थापाले बताए । ‘यो जागरण पछि कांग्रेस बलियो मात्रै होईन पहिलो पार्टी बन्छ ।’ थापाले भने । जागरण अभियानका क्रममा कांग्रेसले गाउँ–गाउँ पुगेर नेता कार्यकर्ता बिच अन्तरक्रिया गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen