- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा – मुलुकको विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थल ओखलढुंगामा श्रेष्ठको पूर्णकद्को शालिक अनावरण तथा स्रष्टा पार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन प्रवद्र्धन नै समृद्धिको प्रमुख आधार भएको बताएकी हुन् ।

भण्डारीले साहित्यकारको सिर्जनाले सचेतना फैलाउने बताईन् । उनले स्रष्टाको जन्मभूमि र साहित्यको उर्भर भूमिका रुपमा परिचित ओखलढुंगालाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिईन् । ‘ओखलढुंगा जिल्ला नेपालको यस्तो एउटा जिल्ला हो । जुन नाम सुन्नासाथ स्रष्टा र साहित्यको झल्को दिन्छ ।’ उनले भनिन्,‘अब ओखलढुंगालाई साहित्यीक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्दछ । त्यसो भए मात्रै नेपाल घुम्न आउने पर्यटक सगरमाथाको काखमा रहेको ओखलढुंगा अनिवार्य आउनेछन् ।’ ओखलढुंगा सदरमुकाममा बनेको स्रष्टापार्क र रुम्जाटारमा बन्ने स्मार्ट सिटीले साहित्य र संस्कृतीको संरक्षण गर्ने राष्ट्रपति भण्डारीको भनाई थियो । स्रष्टापार्क निर्माणको भूमिका खेल्ने सांसद यज्ञराज सुनुवार र रुम्जाटारलाई स्मार्ट सिटी बनाउन जुट्ने सांसद अम्बिरबाबु गुरुङको योगदानको राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् । ‘स्रष्टा पार्क र रुम्जाटार स्मार्ट सिटीले ओखलढुंगाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ यि दुवै संरचनाको थप विकास र व्यवस्थापन गर्नुस् शुभकामना छ ।’ राष्ट्रपति भण्डारीले भनिन्,‘स्रष्टाको सिर्जनाले दशकौं अघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा छ ।’
राष्ट्रपति भण्डारीले कला,साहित्य र खेलकुदको विकासका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिईन् । जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन, रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राखिन् ।


रुम्जाटार विमानस्थललाई सुचारु गराउन र निर्माणाधिन दोभास एयरपोर्टलाई बैकल्पिक मार्गका रुपमा विकास गर्नुपर्ने उनको भनाई थियो । २०७४ बैशाख १ गते आफुले उद्घाटन गरेको देम्बा महोत्सवको निरञ्तरतासँगै त्यसक्षेत्रमा भएको विकासले दुर्गमका नागरिकको गाँउघरमा सरकार पुगेको महसुस गराएको उनको भनाई थियो ।
राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योग ग्रामको अवधारणा ल्याउन सुझाव दिईन् । स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको पुस्ता विगतका उपलब्धिको सम्मान र योगदानको मात्रै केन्द्रित हुनु नहुने बताए । युवा पुस्ता विकास निर्माणमा शसक्त ढंगले समेल हुनुपर्ने उनको भनाई थियो । ‘सिद्धिचरण श्रेष्ठको सपना पुरा गर्नका लागि हामी बाँचेकाहरुले एकतावद्ध भएर विकासको अभियानमा जुट्नु पर्दछ ।’ उनले भने,‘विकासका मुद्धाहरु साझा बन्नुपर्दछ । स्रष्टाका सपना साकार हुनुपर्दछ । तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ ।’ आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुंगाको विकासका लागि आफुले सक्दो पहल गर्ने बताए ।

मुख्यमन्त्री शेरधन राईले युगको माग र आवज बोल्न सक्ने युगकविको योगदानलाई कदर गर्दै ओखलढुंगालाई साहित्यीक भूमिका रुपमा विकास गरिने बताए । भाषा, कला, साहित्य र संस्कृतीको संरक्षण गर्न प्रदेश सरकारले नितिगत पहल गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा संघिय सांसद यज्ञराज सुनुवारले राष्ट्रपतिको आगमनले राज्यको ध्यान ओखलढुंगामा केन्द्रित गराएको बताए । राष्ट्रपतिले २०७४ बैशाख १ गते थोलेदेम्बा महोत्सव उद्घाटन गरेपछि पर्यटकिय क्षेत्रका रुपमा विकासका कामहरु अघि बढेको सांसद सुनुवारको भनाई थियो । पूर्वसांसद रामहरि खतिवडाले पूर्वको कर्णालीका रुपमा हेरिएको ओखलढुंगालाई विकासको नमुना जिल्ला बनाउन माग गरे ।
सिद्धिचरण स्मृती प्रतिष्ठानका संरक्षक समेत रहेका सिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठले आफ्नो बुबालाई नेपाल र नेपालीले गहनाका र प्रेरणाका रुपमा लिएको भन्दै खुसी व्यक्त गरे । ‘कवि सिद्धिचरण मेरो बुबा मात्रै होईन सारा नेपालीले अभिभावकका रुपमा लिएको पाउँदा हामी खुसी छौं ।’ श्रेष्ठले भने ।

प्रकृतिप्रमी कविका रुपमा समेत चिनिएका सिद्धिचरण श्रेष्ठको ओखलढुंगा कविताका हरफजस्तै सिद्धिचरण नगरलाई सफा र स्वच्छ बनाउन आफुहरु लागि परेको सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले बताए । ‘युगकवि यहाँ जन्मनुभयो र जन्मभूमिलाई सम्झीएर कविता मार्फत एउटा सपना बाँढ्नुभयो ।’ मेयर श्रेष्ठले भने ,‘उहाँले सिर्जना मार्फत सपना छाडेर जानुभयो हामी अहिले विकास र समृद्धिको अभियानमा छौं । उहाँका सपनाहरुलाई पनि साकार पारिरहेका छौं ।’ सिद्धिचरण नगरपालिकालाई पर्यटकिय नगरि बनाएर सिद्धिचरणको जन्मभूमिलाई देशको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न पहल गरिरहेको मेयर श्रेष्ठले बताएका छन् ।

विहिबार राष्ट्रपति भण्डारीबाट सिद्धिचरण श्रेष्ठको अर्धकदको शालिक विस्थापन गरेर स्थापना गरिएको पूर्णकदको शालिक अनावरण गरिएको छ । सिद्धिचरण नगरपालिका १२ मा स्थापना निर्माण गरिएको युगकवि सिद्धिचरण श्रेष्ठ, लोक गायक पाण्डव सुनुवार, राष्ट्रियगानका रचियता व्याकुल माईला, पहिलो गीत रेकडिस्ट मेलवा देवीको अर्धकदको प्रतिमा हितको स्रष्टा पार्कको पनि राष्ट्रपति भण्डारीले उद्घाटन गरेछि छन् ।

सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा साहित्य सम्मेलन समेत भएको छ । विहिबारसाँझ सिद्धिचरणकाे जन्मस्थलमा भएकाे साहित्यीक सम्मेलनमा देशका चर्चित साहित्यकारहरुले प्रस्तुती दिएका थिए ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen