- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी ओखलढुंगा आउने भएकी छन् । युगकवि श्रेष्ठको १ सय ८ औं जन्मजयन्तीका अवसरमा शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न राष्ट्रपति भण्डारी विहिबार ओखलढुंगा आउने कार्यक्रम तय भएको हो ।


राष्ट्रपति भण्डारीको स्वागतका लागि सिद्धिचरण नगरपालिकाले तयारी भव्य बनाएको छ । ओखलढुंगा सदरमुकाममा निर्माण गरिएको स्रष्टापार्कको उद्घाटन र युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण गर्न राष्ट्रपति आउने भएकाले स्वागतका लागि भव्य तयारी गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । ‘राष्ट्रपति ज्यूको भ्रमणलाई भव्य बनाउन सुरक्षा प्रबन्ध सहितका तयारी अन्तिम चरणमा पु¥याएका छौं ।’ तयारीबारे जानकारी दिन पत्रकार सम्मेतलन गर्दै नगरप्रमुख श्रेष्ठले भने,‘राष्ट्रप्रमुखको आगमनले सिद्धिचरण नगरपालिका समृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिरएको छ ।’ कार्यक्रमको तयारीका लगि बनाईएको स्टेज, गेट व्यानर लगायतले सदरमुकाम झिलीमिली बनेको छ ।


युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ८ औं जन्मजयन्ती विहिबार भव्य रुपमा मनाईँदै छ । युगकवि श्रेष्ठको जन्मजयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले स्रष्टापार्कको उद्घाटन र शालिक अनावरण गर्ने कार्यक्रम तय भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनराई लगायतका विशिष्ट व्यक्तीहरु समेत आउने कार्यक्रम रहेको आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

सिद्धिचरण श्रेष्ठ विसं १९६९ जेठ ९ गते बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगामा जन्म भएको हो । त्यसबेला एउटा पनि विद्यालय नभएका र ब्राह्मण बालकले मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने भएकाले उहाँले सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गरेका थिए ।
सिद्धिचरणले १९८४ सालमा १५ वर्षको हुँदा पाँच कक्षामा सन्ध्या शीर्षकको कविता लेख्नुभएको थियो । पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेको भएपनि हिसाबमा कमजोर भएकाले उहाँले आठ कक्षासम्मको मात्र औपचारिक शिक्षा हाँसिल गरेका थिए ।
सिद्धिचरणका मेरो प्यारो ओखलढुंगा निकै चर्चित कविता हो । मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो र घाम, सिद्धिचरणका प्रतिनिधि कविता, तिरमिर तारा र बाँचिरहेको आवाज उहाँको कविता संग्रह हो भने उर्वशी, ज्यानमारा शैल, मंगलमान र आँसु खण्डकाब्य हुन् ।
उहाँ भूकम्प तक्मा, त्रिभुवन पुरुस्कार, रत्नश्री सुवर्ण पदक, पृथी प्रज्ञा पुरुस्कार, बेधनिधि पुरुस्कार, गोरखा दक्षिण बाहु लगायतका पुरस्कारबाट पनि सम्मानित भएका थिए । जहानिया राणा शासणविरुद्ध उहाँले कलम चलाएका थिए । सिद्धिचरणको सम्झनामा उहाँको जन्मस्थलमा हरेक वर्ष जेठ ९ गते विभिन्न कार्यक्रमहरु गरिन्छ ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen