- पूर्णप्रसाद न्यौपाने

रुम्जाटार- ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । रुम्जाटार स्थित सनराइज बोर्डिङ स्कुलको अभिभावक भेला तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद गुरुङले यस्तो बताएका हुन् । व्यवहारिक शिक्षाले बालबालिकालाई संस्कार सिकाउने भएकाले अब शिक्षक, विद्यार्थी र अभिभावकको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।

जिल्लाको शैक्षिक विकासका लागि आफुहरुले योजनावद्दरुपमा काम गरिरहेको भन्दै सांसद गुरुङले अभिभावकले घरमा र शिक्षकले विद्यालयमा बालबालिकालाई सिप र संस्कार सिकाउनुपर्ने बताए । प्रदेश सरकारले नितिगत रुपमा शैक्षिक सुधारका कामहरु थालेको जानकारी दिँदै उनले जिल्लामा यसवर्ष प्रविधिमैत्री शिक्षण र पुस्तकालयको व्यवस्थापनका लागि बजेट ल्याइएकाले त्यसको सदुपयोग गर्न विद्यालयहरुलाई निर्देशन दिए । प्रदेश सरकारले जिल्लाका अधिकांश विद्यालयलाई सहयोग रकम उपलब्ध गराइसकेको छ ।

कार्यक्रममा समाजसेवी सिताराम गुरुङले प्रतिस्पर्धी भाषा र कला सहितको शिक्षा अबको आवश्यकता रहेको बताए । उनले शैक्षिक गुणस्तर सुधार स्थानीय सरकार र अभिभावकको निगरानीमा शिक्षक शिक्षिकाबाट मात्रै सम्भब रहेको बताए । सिद्धिचरण नगरपालिका ४ को अध्यक्ष रत्नबहादुर गुरुङले वडामा रहेका सबै सामुदायिक र निजी विद्यालयहरुलाई समेटेर अघि बढ्ने बताए । समन्वयमा आउन अाग्रह गरेका छन् ।


कार्यक्रममा विभिन्न शिक्षासेवीहरुले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न १८ विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen