- भिजन समाचार

ओखलढुंगा- २९ औं युवा तथा ५५ औं विद्यार्थी दिवस ओखलढुंगामा मनाईएको छ । नेकपा निकट युवा तथा विद्यार्थीको संयुक्त आयोजनामा दिवस मनाईएको हो ।

वर्तमान अवस्थामा युवाकाे भूमिका विषयक अन्तरक्रिया गरिएकाे  थियाे । नेकपाका युवा नेता तथा पूर्व युवासंघ उपाध्यक्ष रुपलाल तामाङको अध्यक्षता तथा नेकपाका प्रदेशकमीटि सदस्य खड्ग योगी अनिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पूर्व एमाले र पूर्व माओवादी निकट विद्यार्थी र युवा संगठनका नेताहरु सहभागी थिए ।
दिवसलाई सम्बोधन गर्दै कार्यक्रमका वत्ताहरुले जनसंगठन एकिकरणमा ढिलाई नगर्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी एकता भएपनि जनवर्गिय संगठनको एकता नहुँदा संरचनागत कामहरु अघि बढाउन समस्या भएको भन्दै जनसंगठन एकतालाई पूर्णता दिन सुझाव दिएकाे विद्यार्थी नेता सुजन तामाङले बताए ।

दिवस विशेष कार्यक्रममा सदरमुकाममा उपलब्ध नेकपाका नेताहरु पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया

छोरालाई शिक्षकले जुत्ता चटाएको भन्दै यसरी गुनासो गरिन् रिकेशकी आमाले (आवाज सुन्नुहोस् ) Download Listen
राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen