- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको मुलखर्कमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा मुलखर्कमा बृहत साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम हुने भएको हो ।

फाइल तस्बिर

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि बुद्ध जयन्ती पर्व विभिन्न कार्यक्रम गरेर मनाउने तयारी भईरहेको सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार जेठ ४ गते शनिवार हुने कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ । स्थानीय ऋसाङखु छ्योलिङ गुम्बामा विशेष पुजापाठ हुनेछ भने सोही दिन ऐतिहासिक गुन्द्री बजार लाग्ने छ ।
प्रदेश सभाका सांसद मोहन खड्काको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमकै बिच जारी भलिबल खेल समापन समेत गरिने वडा अध्यक्ष तामाङको भनाई छ । सुनकोशी गाउँपालिका, ५ नं वडा कार्यालय मुलर्खक र मुलर्खक युवा समुहको संयुक्त आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रम हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen