- भिजन समाचार

ओखलढुंगा- नेपाल प्रेस युनियनले कतिपय विधेयकहरु पत्रकारलाई बाँध्नेगरी आएको भन्दै त्यसलाई फिर्ता गर्न माग गर्दै प्रतिनीधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार प्रेस युनियन ओखलढुंगाले प्रमुख जिल्ला अधिकारी गणेश आचार्य मार्फत प्रतिनिधिसभा संसद र राष्ट्रिय सभालाई ज्ञापन पत्र पठाएको हो ।
नेपाल प्रेस युनियन ओखलढुंगाका सभापति जीवन शर्माको नेतृत्वमा प्रशासन पुगेका पत्रकारहरुले पठाएको ज्ञापन पत्रमा सरकारले ल्याउने तयारी गरेको आमसञ्चार विधेयकका नाममा श्रमजिवी पत्रकारहरुको हकहितका लागि ल्याइएको श्रमजिवी पत्रकार ऐनलाई खारेज गरि श्रम ऐन मार्फत पत्रकारलाई नियमन गर्न खोजेकोमा युनियनको असहमती रहेको उल्लेख छ ।


ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले युनियनले बुझाएको ज्ञापन पत्र हुवहु तत्काल संघिय संसद र राष्ट्रियसभामा पठाउने प्रतिवद्धता जनाएका छन् ।
मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सुचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक सहित पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ती सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत देखिएकाले त्यसलाई फिर्ता गर्न युनियनले माग गरेको छ ।
लोकतन्त्रलाई मिसन बनाएर लडेका साना लगानीका मिडियादेखि व्यवसायिक पत्रकारीता गरिरहेका सबैको लागि जरिवानाको यो व्यवस्थाले बहुसंख्यक पत्रकार पेशाबाट विस्थापित हुने र पत्रकारीता पनि भजनमण्डलीमा रुपान्तरित हुने खतरा देखिएको भन्दै युनियनले ध्यानाकर्षण गराएको छ ।
युनियनले अंगाडी सारेका मागलाई नजरअन्दाज गरिए लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेकाहरुलाई एकाकार गरि थप आन्दोलित गर्ने ज्ञापन पत्र मार्फत चेतावनी दिईएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen